मेद्भेदेव अष्ट्रेलियन ओपनको फाइनलमा – Nepal Press

मेद्भेदेव अष्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । स्टेफेनोस सित्सिपासलाई ७–६ (७–५), ४–६, ६–४, ६–१ को नतिजामा पराजित गर्दै विश्व नम्बर दुई ड्यानियल मेद्भेदेव वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार मेलबर्न पार्कमा भएको दोस्रो सेमिफाइनलमा वरियताको चौथो स्थानका स्टेफेनोस सिट्सीपास उनले चार सेट खेल्दै हराएका हुन् ।

पहिलो सेट ७–६ (७–५) ले आफ्नो पक्षमा पारेका उनले दोस्रो सेट ४–६ ले सिट्सीपासलाई सुम्पिएका थिए । तेस्रो र चौथो सेटमा सहज जित निकाल्दै मेडभेडेभले फइनलमा स्थान पक्का गरे ।

गत सिजन फाइनल पुगेर विश्व नम्बर एक नोभक जोकोभिचसँग पराजित भएका उनले यस सिजन उपाधिका लागि विश्व वरियताको छैठौं स्थानका राफेल नाडालसँग प्रतिस्पर्धा गर्नेछन् । फाइनल आइतबार हुनेछ ।

यस्तै, शनिबार हुने महिला तर्फको फाइनलमा विश्व नम्बर एक अस्लेग बार्टी र वरियतामा २७औं स्थानकी ड्यानियल कोलिन्स प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *