भिजिट भिसामा हुने ठगी रोक्न सीआइबीसहितको मार्सल टिम – Nepal Press

भिजिट भिसामा हुने ठगी रोक्न सीआइबीसहितको मार्सल टिम

काठमाडौं । सरकारले भिजिट भिसाका नाममा हुने ठगी रोक्न मार्सल टिम बनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा गठन गरिएको मार्सल टिमले ठगी गर्नेको पहिचानगरि कारबाही गर्ने छ ।

मार्सल टिममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिनिधि पनि रहने गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

भिजिट भिसामा गएकाहरु खाडी लगायत देशमा अलपत्र हुने क्रम बढ्दो छ । जसका कारण सरकारले माघ १० गतेदेखि खाडी र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर