प्रचण्ड र माधवसँग देउवाले गरे परामर्श – Nepal Press

प्रचण्ड र माधवसँग देउवाले गरे परामर्श

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सत्तारुढ दलका शीर्ष नेताहरूसँग परामर्श गरेका छन् ।

विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भेटवार्ता गरेका प्रधानमन्त्री देउवाले आज बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

भेटमा स्थानीय तहको निर्वाचन, ऐन संशोधनलगायतका विषयमा छलफल भएको बताइएको छ । निर्वाचनबारे गठबन्धनमा लामो समयदेखि छलफल भइरहे पनि निष्कर्ष निस्किएको छैन ।

निर्वाचन आयोगले सरकारलाई स्थानीय निर्वाचनको मिति तोक्न ताकेता गरे पनि गठबन्धनमा सहमति नजुटेका कारण ढिलाइ भइरहेको छ । माओवादी र समाजवादी पार्टी वैशाखमा स्थानीय निर्वाचन गर्न नहुने पक्षमा रहँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर