जागीर लगाउने प्रलोभनमा ठगी गर्ने पक्राउ – Nepal Press

जागीर लगाउने प्रलोभनमा ठगी गर्ने पक्राउ

जनकपुरधाम । जागीर लगाइदिने प्रलोभनमा ठगी गरेका एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौजी गाउँपालिका १ का २५ वर्षीय शहादत राइन रहेका छन् ।

सडक डिभिजन जनकपुरको नक्कली लेटर प्याड प्रयोग गरी तीन जनालाई नक्कली नियुक्ति पत्र दिएर ठगी गरेको आरोपमा राइनलाई जनकपुरधाम २ कदम चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राइनले गाउँकै १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार पासवानबाट २ लाख रुपैयाँ ठगी गरेका थिए ।

पीडित तीनै जनाले दिएको उजुरी आधारमा राइनलाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

जाहेरी दरखास्त साथ प्राप्त भएको नियुक्ती पत्र समेतको कागजातहरू राइनलाई देखाउदा आफूले तयार गरी दिएको कुरा स्वीकार गरेको डीएसपी रायले बताए । धनुषा जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा शीर्षकमा १० दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर