सन् २०२२ का लागि क्यानले गरेको १८ खेलाडीको ग्रेडिङमा को-को परे ? – Nepal Press

सन् २०२२ का लागि क्यानले गरेको १८ खेलाडीको ग्रेडिङमा को-को परे ?

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यानले सन् २०२२ का लागि सेन्ट्रल कन्ट्रयाक्टमा रहने खेलाडीको ग्रेडिङ गरेको छ। १८ जना खेलाडीलाई ग्रेडिङमा राखिएको छ।

ग्रेड ‘ए’ मा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करन केसी छन्। ग्रेड ‘बी’मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी छन्।

ग्रेड ‘सी’मा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुसन भारी र पवन सर्राफ रहेका छन्।

ग्रेडिङमा नरहे पनि पछिल्लो ओमान भ्रमणमा रहेका विक्रम सोब, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहनस्वरुप एक एक लाख रुपैयाँ दिने निर्णय भएको क्यानले जनाएको छ। ग्रेडिङमा परेकामध्ये वर्गीकरणअनुसार क्रमसः ५०, ४० र ३० हजार रुपैषँ मासिक पारिश्रमिक पाउँछन् ।

महिलातर्फ पनि सेन्ट्रल कन्ट्रयाक्टमा रहने खेलाडीको सूची सार्वजनिक गरिएको छ। क्यानका अनुसार ग्रेड ‘ए’मा कपतान रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी परेका छन् ।

ग्रेड ‘बी’मा सरीता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योती पाण्डे छन् । ग्रेड ‘सी’मा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्मचार्य, ममता चौधरी र विन्दु रावल परेको क्यानले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर