प्रदेश १ : राष्ट्रियसभा चुनावमा फ्लोर क्रस गर्नेहरुलाई एमालेले कारवाही गर्ने – Nepal Press

प्रदेश १ : राष्ट्रियसभा चुनावमा फ्लोर क्रस गर्नेहरुलाई एमालेले कारवाही गर्ने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरुलाई नेकपा एमालेले कारवाही गर्ने भएको छ ।

बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मत नहाल्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गरिने एमाले प्रदेश १ कार्यालयले जनाएको छ ।

एमालेकै जनप्रतिनिधिहरुले भोट नहाल्दा गुरु बराल पराजित भएका थिए ।

नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले पार्टीमाथि अन्तरघात गर्नेलाई कारवाही हुने बताएका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्, ‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ ।’

बराललाई एमालेकै जनप्रतिनिधिहरुले मत नहाल्दा गोलाप्रथाबाट पराजित भएका हुन् । गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार बरालले समान ४४८८ मत ल्याएका थिए । गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर