फरार कैदी यमराज पुन: कारागार चलान – Nepal Press

फरार कैदी यमराज पुन: कारागार चलान

रुपन्देही । दाङको घोराही कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

कर्तव्य ज्यान मुुद्धामा जेल सजाय भोगिरहेका परियार गत पुुस ८ गते भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीले भारतको पञ्जाब लुधियानाबाट पक्राउ गरेर कारागार प्रशासनमार्फत अदालतमा बुुझाएपछि पुुर्पक्षका लागि कारागार चलान गरेको गरेको जनाएको छ ।

दाङ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई थुनामा राख्ने आदेश दिएका थिए ।

परियारको बयान र थुुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर