चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी चढेको गाडीमा आक्रमण – Nepal Press

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी चढेको गाडीमा आक्रमण

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ । आज बिहान ११ बजे त्रिभुवन विमानस्थलपछाडि काँडाघारी उकालोमा उनी चढेको ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरी भौतिक आक्रमणको प्रयाससमेत भएको हो ।

आयोगका उपाध्यक्ष गिरी निवासबाट कार्यालयतर्फ जाँदै थिए । उनको गाडीमा ढुंगा प्रहार गरी भौतिक आक्रमणको प्रयास भएको र गाडीमा क्षति पुगेको भन्दै आयोगले विज्ञप्ति निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *