स्मार्ट लकडाउनबारे समीक्षा गर्न उपत्यकाका तीन सीडीओको बैठक बस्ने – Nepal Press

स्मार्ट लकडाउनबारे समीक्षा गर्न उपत्यकाका तीन सीडीओको बैठक बस्ने

काठमाडौं । उपत्यकामा कोभिड-१९ संक्रमण रोकथामको पछिल्लो अवस्थाबारे छलफल गर्न तीनै जिल्ला प्रशासनको संयुक्त बैठक बस्ने तयारी भएको छ । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले संक्रमण रोकथामका लागि जारी आदेशको समीक्षा गर्न आज वा भोलि बैठक बस्न लागेको बताए ।

संक्रमणको आधारमा प्रतिबन्धलाई थप कडाइ गर्ने वा खुकुलो तुल्याउने भन्ने निर्णय चाहिँ डीसीसीएमसी र स्वास्थ्य विज्ञसँगको सल्लाहमा गरिने जानकारी उनले दिए । ‘विज्ञको आधारमा हामीले अहिलेको १६ बुँदेलाई कडाइ गर्ने वा खुकुलो तुल्याउने निर्णय गर्नेछौं’ उपाध्यायले नेपाल प्रेसलाई भने ।

जोर बिजोर प्रणालीबारे गुनासा र सुझाव आएको बताउँदै सीडीओ उपाध्यायले कुन आदेशलाई निरन्तरता दिने र कुनलाई खोल्नेबारे निर्णय हुने बताए । अहिले सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू भएको छ भने अर्को सूचना जारी नभएसम्म भन्दै विद्यालय, सिनेमा हल र रात्रीकालिन व्यवसायहरु बन्द छन् ।

माघ ७ गते राति १२ बजेबाट लागू हुने गरी तीनै प्रजिअले १६ बुँदे आदेश जारी गर्दै स्मार्ट लकडाउन लागू गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर