चेक बाउन्समा सजाय सुनाइएका व्यक्ति पक्राउ – Nepal Press

चेक बाउन्समा सजाय सुनाइएका व्यक्ति पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहरिएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थायी घर भएका ४० वर्षीय लबराज ओली पक्राउ परेका हुन् । उच्च अदालत पाटनले २०७७ फागुन २३ गते ओलीलाई चार दिन कैद र ९ लाख ६३ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

ओलीले २०७६ वैशाख ४ गते आफ्नो नाममा रहेको ज्योती विकास बैंकको खाताको चेक दिए पनि पर्याप्त रकम नभएको भन्दै भुक्तान नभएपछि पीडितले कानुनी उपचार खोजेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *