राष्ट्रियसभा बैठक बोलाइयो

२०७८ माघ १३ गते १४:२६

फाइल तस्बिर
काठमाडौं । राष्ट्रियसभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रियसभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।
यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर