जनादेशविरुद्ध परमादेशको अन्तिम प्रहसन- प्रचण्डपथमा नारिएका प्रचण्डपीडितहरू – Nepal Press
विचार

जनादेशविरुद्ध परमादेशको अन्तिम प्रहसन- प्रचण्डपथमा नारिएका प्रचण्डपीडितहरू

राष्ट्रियसभा निर्वाचन जनादेशविरुद्ध परमादेशीहरूको अन्तिम प्रहसन हो । अहिले सत्ता गठबन्धनका किलाकाँटाका रूपमा ज-जसको जोरजाम गरिएको छ उनीहरू विभिन्न कालखण्डका प्रचण्डपीडितहरू नै हुन् । सरफको विज्ञापनमा झैँ प्रचण्डले डुबाएका, निचोरेका र सुकाएका असफल राजनीतिज्ञको बिस्कुन ठूलो छ । आजको लेख यसैमा केन्द्रित छ ।

आज नेकपा (एमाले) कतिका लागि भरलाग्दो छ, कतिका लागि रहरलाग्दो छ र कतिपयका लागि डरलाग्दो पनि छ । आफूसँग भएको महान् दिलले र दण्डनीतिमा निपूर्णताले गर्दा एमाले यस हैसियतमा पुगेको हो ।

राजा, कांग्रेस र माओवादी तीनै शक्तिको उत्कर्षकाल र विजय उन्माद एमालेले झेलेको हो र टक्कर लिँदै आएको हो । जोरिपारी तह लगाउने एमालेसँग आफ्नै प्रकारको कला र काइदा छ । त्यो हो जनताको काखमा रहेर जनताको साथ लिने कला र काइदा ।

जोरिपारीलाई नमिठोसँग पराजयको स्वाद चखाएको गौरवमय विरासत छ एमालेसँग । देशका लागि चाहिएको विशाल दिल छ एमालेसँग । मुलुकलाई व्यापक रक्तपात, चरम आर्थिक संकट र अविकासबाट जोगाउन एमालेले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएको छ ।

यही बहुदलीय जनवादी नीति र निष्ठा नै एमालेको विशाल छाती हो । जनताले जहाँ राख्छन् त्यहीँ रहने र नाइनास्ती नगर्ने समर्पण नै एमाले जनताको रोजाइमा पर्नुको आधार हो ।

विगत तीन दशकयताको इतिहासको ऐना हेर्दा प्रष्ट हुन्छ- एमाले उठ्दा गरिबसम्म छाना पुग्छ, नाना पुग्छ, माना पुग्छ र चिसो चुलोमा आगो बल्छ । एमाले घेरिँदा देश र जनताको भाग्यरेखामाथि ग्रहण लाग्छ । बैरीहरूबाट एमाले सेरिँदा देशको लय र गति रोकिन्छ । यसरी एमाले जित्दा जनता जित्छन् र एमाले हार्दा देश हार्छ ।

गृहनिमार्णको दौरानमा राजा, कांग्रेस र माओवादीसँग सहकार्यको हात एमालेले मिलाएकै हो । सबै शक्तिले एमालेबाट सहयोग लिए तर पालोको पैँचो तिर्नुपर्ने बेला बेइमानीको बाटो रोजे ।

राजा, कांग्रेस र माओवादी तीनै शक्तिको उत्कर्षकाल र विजय उन्माद एमालेले झेलेको हो र टक्कर लिँदै आएको हो । जोरिपारी तह लगाउने एमालेसँग आफ्नै प्रकारको कला र काइदा छ । त्यो हो जनताको काखमा रहेर जनताको साथ लिने कला र काइदा ।

जनताको हित, इमानको राजनीति र देश र जनताको लागि उद्यमशीलतामा होइन जालझेलमै आफ्नो कल्याण देख्ने विनाशकाले विपरीत बुद्धिकाहरू एक्ला आऊन् कि गठबन्धन गरेर आऊन् एमाले युगदेखि युगसम्मका शून्य वा शून्यहरूको खात देखेर भागेको छैन ।

जहिले पनि कांग्रेस र माओवादीले सहकार्य र सम्झौताबाट भागेर पहिला विग्रहको बाटो रोज्नुको मूल कारण एमालेले बोकेका विराट सम्भावनाहरू देखेर अत्तालिनु नै हो । एमालेका योजना, सपना र चाहनाहरूमा देशको सुन्दर भविष्यको भ्रूण छ ।

एमालेविरुद्धको घेराबन्दीको सुन्दर बहानामा नेपालको सुन्दर भविष्यमाथि बन्चरो चलाउने देशी विदेशी षडयन्तको मोहोरा बन्नुको मूल्य एमालेका सबैखाले जोरिपारीहरूका लागि निकै परेको छ । राजतन्त्रको अन्त्य मूलतः एमालेको नौ महिने शासनमा एमालेको पक्षमा आएको जनउभारदेखिको जलनले गर्दा भयो । एमालेविरुद्ध राप्रपा, कांग्रेस, र सद्भावना राकस गठबन्धन कसियो । यतिले नपुगेर कांग्रेस, माओवादी र दिल्लीसम्म तन्काइयो ।

राजनीतिक स्थिरता, विकास र समृद्धिको महायज्ञ एमाले, कांग्रेस र माओवादीको सहकार्यमा सम्भव थियो । एमालेको ऊर्जा र औकातदेखि जलेर कांग्रेस र आओवादीले पनि एमालेविरुद्ध निषेधको नीति लिए र एमालेसँग सन्धी गर्नुपर्ने बेला विग्रहको नीति अवलम्बन गरे ।

आज कांग्रेस र माओवादीले जुन असामान्य संकट र जीवन रक्षाको कष्ट उठाउनु परेको छ, उनीहरूको यस महाविपद्को मुहान एमालेप्रतिको उनीहरूको कुदृष्टि नै हो । एमालेसँगको मित्रलाभबाट उठेका यी दुवै शक्तिलाई आज एमालेको महान् दिलप्रतिको ईर्ष्या निकै भारी परेको छ ।

मान्छेको मूल्याङकन उसले दिने धम्की, उसले पार्ने क्षति, उसले ल्याउने गडबडीको आधारमा होइन उसको निष्ठा, सक्रियता र क्षमताको आधारमा गर्ने भएकाले मदनकालीन एमाले राम्रो लयमा थियो ।

एमालेको काँध र साथ पाउँदा गिरिजाप्रसाद कोइराला, प्रचण्ड र सुशील कोइरालाको शान, सौकत र रोब लोभ गर्न लायकको थियो । आज देशी विदेशी शक्तिले कृतिम श्वास दिए पनि एमालेसँगको मित्रद्रोहका कारण कांग्रेस र माओवादी दुवै ओरालोयात्रा बेहोर्न बाध्य छन् । ओरालो यात्राको गति र गुण यति क्रुर, भयावह र पतनको मुखमा पुगाउने खालको छ कि जसको चाल पाएर कुनै बेलाका एकअर्काका ज्यानी दुस्मन देउवा र दाहाललाई जिग्री बन्न लाजशरम लागेको छैन ।

एमाले दिलको मुहान

एमाले दिलको मुहान मदन र मनमोहनजस्ता निष्कपट राजनेताहरूको व्यक्तित्व र नेतृत्वबाट सुरू हुन्छ । जननेता मदन भण्डारीभित्र सद्गुणहरूको खानी थियो । कम्युनिष्ट पार्टीको महासचिव हुन सपथ खाएकोले पार्टी फोड्ने लहर चलेको बेला मदन मालेको एक नम्बर वरीयताको नेताबाट एकीकृत पार्टीको दुई नम्बर वरीयताको नेता बन्न तयार नभएको भए माले र मार्क्सवादी एकता भइ एमाले बन्न संभव थिएन ।

मदनको त्यागले गर्दा नै कम्युनिष्ट आन्दोलनको फुट र विभाजनले भरिएको अध्याय समाप्त भयो र एकता र एकीकरणको नयाँ युग आयो । मनमोहन अधिकारीमा मान र अपमानको वास्ता नगर्ने देवगुण थियो । देवमूर्तिलाई मानिसले फूल चढाउँछ, ढोग्छ, पुज्छ तर कुकुरले गएर पिसाब फेर्छ ।

मदनबाट सम्मान पाएपछि घिरौंलाजत्रो नाक गर्ने र माधवबाट अपमान भएपछि कोकोहोलो मच्चाउने नगरी शालीनताको प्रतिरूपका रूपमा रहेकाले मनमोहन सबै एमालेजनको श्रद्धाको पात्र बन्नुभयो । आफ्नै उपप्रधानमन्त्री माधवले माले कार्ड प्रयोग गरी रक्षा र परराष्ट्र मन्त्रालय गठ्याएर बिनामन्त्रालयको प्रधानमन्त्रीमा सीमित पार्दा पनि मनमोहनले फोहर चलाउने गल्ती गरेको देखिएन ।

एमाले र माओवादी एकतापछि प्रचण्डबाट पनि मदन जस्तै अरुको टहल गर्ने र मनमोहनले जस्तै मान र अपमानबाट माथि उठेर धैर्यको आड लिने अपेक्षा नगरिएको होइन । गल्ती प्रचण्डको मात्र होइन रहेछ, गल्ती त टिनको खानीमा चाँदीको अपेक्षा गर्नेको पनि थियो ।

वीपी, मदन र मनमोहनको राजनीतिक साधनाको चुरो देशका लागि काँध थाप्ने असल मान्छेहरूको शिविरका रूपमा एक भरपर्दो राष्ट्रियस्तरको पार्टी निर्माण थियो । वीपी र मनमोहनभन्दा पनि अघि बढेर मदनको इमान्दार प्रयास देशका चुनौतीहरू चिर्न सक्ने पार्टी निर्माणमा केन्द्रित थियो ।

चिन्तन, संगठन, आचरण र जनसमर्थनमा सन्तुलन भएको पार्टी मात्र जनताको पार्टी बन्न सक्छ र जनताको रोजाइमा पर्न सक्छ । आन्दोलन हाँक्ने क्षमताका हिसाबले, जनपरिचालनका हिसाबले, जनताको सुखदुःखको साथी बन्ने क्षमताका हिसाबले, संगठन र जनतासँगको सम्बन्धका हिसावले, विचार र व्यवहारको सन्तुलनका हिसावले, वाकपटुता र प्रचारयुद्धका हिसाबले पार्टी सक्षम र भरपर्दो रहनु पर्छ ।

पार्टी असल र योग्य नेता र कार्यकर्ता उत्पादन गर्ने कारखाना बन्नु पर्छ । पार्टीका नेता र कार्यकर्ताहरू जनताको परीक्षणका विषय हुनुपर्छ । मदनले अघिसारेका जनताको पार्टी निर्माण गर्ने आधारभूत मान्यताहरू यस्ता थिए ।

मान्छेको मूल्याङकन उसले दिने धम्की, उसले पार्ने क्षति, उसले ल्याउने गडबडीको आधारमा होइन उसको निष्ठा, सक्रियता र क्षमताको आधारमा गर्ने भएकाले मदनकालीन एमाले राम्रो लयमा थियो ।

देउवा र दाहालको लक्ष्य र उद्देश्य वीपी, मनमोहन र मदनको भन्दा भिन्नै छ । उहिले तुलसी गिरी र सूर्यबहादुर थापाले जनादेशविरुद्ध राजा र सेना प्रयोग गरेर राजनीतिक र स्वरोजगार सृजना गरे । अहिले शेरबहादुर देउवा र प्रचण्ड पनि तुल्सी गिरीपथमा छन् । जनादेशविरुद्ध परमादेशको प्रयोग १७ साल काण्डको नयाँ संस्करण हो ।

सहकर्मीको टहल र देश र जनताको पक्षमा निरन्तर राजनीति पहल मदनको व्यक्तित्वको सबैभन्दा बलियो पक्ष थियो । आफ्नो निम्ति अतिरिक्त चाह नहुनु, सत्पात्रलाई चिन्न र थाम्न सक्नु, निजी स्वार्थको लामो सूची भएका खलपात्रलाई चिन्न र डाम्न सक्न्नुको सन्तुलनमा रहेर मदनले एमालेलाई बलियो जगमा उभ्याएकाले एमाले सिध्याउने भित्री र बाहिरी उपद्रव र प्रपञ्चहरू विफल हुँदै आएका छन् ।

आजको एमाले लोकतान्त्रीकरणको क्रान्तिकारी धार हो । एमाले एक जीवनशैली हो, सदाचार हो, संस्कार हो, जनताको विश्वासको बैंक हो, जनताको एकता र शक्तिको पावर हाउस हो, नेपाली जातिको चेतनाको कहिलै ननिभ्ने अखण्डज्योति हो, जोस र होस तथा विवेक र हिम्मतको संघम हो र जनताको धाप, छाप र आशीर्वाद हो ।

एमालेको नसा नसामा मदनको त्याग र दूरदर्शिताको रगत बग्ने गर्छ । एमालेका प्रत्येक श्वासमा जनतालाई भगवान् ठान्ने मदन भण्डारीको आवाज छ । एमालेका हरेक धड्कनमा मदनका सुझबुझ र बहुदलीय जनवादी मनमुटुले काम गरेको हुन्छ ।

देउवा र दाहालको लक्ष्य र उद्देश्य वीपी, मनमोहन र मदनको भन्दा भिन्नै छ । उहिले तुलसी गिरी र सूर्यबहादुर थापाले जनादेशविरुद्ध राजा र सेना प्रयोग गरेर राजनीतिक र स्वरोजगार सृजना गरे । अहिले शेरबहादुर देउवा र प्रचण्ड पनि तुल्सी गिरीपथमा छन् । जनादेशविरुद्ध परमादेशको प्रयोग १७ साल काण्डको नयाँ संस्करण हो ।

एमालेले पाएको सौभाग्य

भनिन्छ- राजनीतिक शक्तिले चुनौती पाउनु उसको सौभाग्य हो भने चुनौतीको सामना गर्न नसक्नु उसको पतनशीलता हो । निरंकुशताको चरमचुलीमा पुगेको राजतन्त्र र पञ्चायती व्यवस्था, विजय उन्मादले मात्तिएका कांग्रेस र माओवादी एकपछि अर्को गरी चुनौतीका रूपमा पाउनु नै एमालेको अटल सौभाग्यको आधार हो ।

पछिल्ला दशकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय समस्याको खानी बन्नु र ऐन मौकामा कांग्रेस सुँडिनी लागेपछि एमालेको महानायकीय भूमिकामा निखार आउने मौका जुरेको छ । गएका तीन दशकमा एमालेले एकै प्रचण्डका अनेक कदकाँटीहरूको सामना गर्नु पर्‍यो ।

एक सानो वामघटकका नेता प्रचण्ड, जनयुद्धका नायक प्रचण्ड, शान्ति प्रक्रियाका एक हिस्सा प्रचण्ड, एमाले र कांग्रेसलाई चुनावी संग्राममा पछार्ने सफलता पाएका प्रचण्ड, प्रधानमन्त्रीमा बहाल रहेको बेला सत्ता कब्जा गर्न र अधिनायकवादी शासक बन्न जीउज्यान फालेर लागेका प्रचण्ड ।

एमालेभित्रै माधव, झलनाथ र वामदेवलाई शिखण्डीका रूपमा उपयोग गर्ने प्रचण्ड, २०७० सालको संविधानसभा चुनाब र २०७४ सालको स्थानीय चुनावमा पुनर्मुसी भएका प्रचण्ड, एमालेविरुद्धका सारा फण्डाले सीप नचलेपछि एमालेबाटै उद्धारको याचनासहित सहकार्य र तालमेलको भीख माग्न आइपुगेका प्रचण्ड ।

एमाले स्कुलिङमा ढालिँदै गरेका प्रचण्ड, माधव-वामदेवको साथ पाएपछि एमालेको भण्डार फोर्न तम्सिएका प्रचण्ड, एमाले हडप्न नपाएपछि कांग्रेसको अवैतनिक नोकर लागेका प्रचण्ड, कम्फरटेबल ऋचा पढ्न र हरहर मोदी गर्न विवश प्रचण्ड, लोकलाजले थलिएर आत्महत्या जस्तो कायरतालाई सैद्धान्तिक जलप दिने प्रचण्ड ।

आफैं मर्छौ जोइ ल्याई के गर्छौ शैलीमा कांग्रेसका लागि एमालेको जनमत प्रभावित पार्न सक्रिय प्रचण्ड, विशेष गरी सफलतामा मात्तिएर कुम हल्लाउदै बोल्ने र प्रतिकूलता सदावहार रुञ्चे स्वरमा एमालेलाई सराप्ने प्रचण्ड, एमालेले यी सबै रूपरंगका प्रचण्डको सामना, व्यवस्थापन, रूपान्तरण, प्रशिक्षण, सहकार्य, साझेदारी, धोकाघडी, उदय, उत्कर्ष र पतनका चरणहरू देखेको छ, भोगेको छ र पार गरेको छ ।

प्रचण्डको स्वभाव र महत्वाकांक्षा

‘सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति

घोच्ने ती गली काँढा पहिले नै छन् तीखा कति ?’

कवि शिरोमणि लेखनाथ पौडेलको यो नीतिश्लोक प्रचण्डको नेपाली राजनीतिमा आगमन, उत्कर्ष र ओरालो यात्रातिर लक्षित गरेर रचिएको थिएन तर भएको छ त्यस्तै । प्रचण्डको फण्डाको शिकार सुरूमै औंलो समाएर राजनीतिको कखरा सिकाउने जीवन गुरुहरू भए ।

मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य, निरञ्जनगोविन्द वैद्यहरू प्रचण्डबाट सुरूआतीकालमै चपाइएका अनुहारहरू हुन् । सहकर्मीहरू सिध्याउने प्रचण्ड नीतिको मूल चरित्र ‘भैँसीको मासु सिँङको अचानो’ गरी काम फत्ते गर्ने रह्यो । बादलविरुद्ध बाबुराम, बाबुरामविरुद्ध नारायणकाजी, महराविरुद्ध वर्षमान, वर्षमानविरुद्ध जनार्दनको प्रयोग सिलसिला अझै जारी छ । सरफको विज्ञापनमा झैँ प्रचण्डले डुबाएका, निचोरेका र सुकाएका असफल राजनीतिज्ञको बिस्कुन ठूलो छ ।

सुखमा मात्तिने र दुःखमा आत्तिने महानायकीय धर्म होइन । भागेका राजा, थाकेका गिरिजा, ब्यारेक पसेको सेना, चुनाव हारेका एमाले र कांग्रेस, प्रधानमन्त्री पदको लट्री प्रचण्डको जीवनको उत्कर्षको घडी थियो । कांग्रेस र एमालेको एकअर्काप्रतिको गलत चुनावी रणनीतिले गर्दा माओवादीले पहिलो संविधानसभा चुनावमा शिविरमा रहेका लडाकुहरू र वाईसीएलको प्रयोग गर्न पाएको थियो ।

विजय उन्मादका कारण प्रचण्डलाई उक्त सफलता चार दिनको चाँदनी हो भन्ने सत्यको गहिराई थाहा भएन । नोयडामा बसेर नेपालमा नरसंहार मच्चाएको भए पनि एमाले र कांग्रेसले दया गरेर प्रचण्डको सुरक्षित अवतरण गराएका थिए । उत्कर्षकालमा प्रचण्डको गिरिजाप्रसाद र माधवप्रतिको व्यवहार वृहस्पति आदि सम्मानित ब्राह्मणहरूलाई डोले बनाएर अपमान गर्न पछि नपर्ने नहुशको जस्तो रह्यो ।

अविवेकीको पतन अनेक प्रकारले हुन्छ । एमाले र कांग्रेस त सदाका लागि सकिए नै, राष्ट्रिय सेना पनि ध्वस्त किन नपारीहालौं भन्ने बढ्ता चलाखी र चौचौ नै प्रचण्डको पतनको मोटो कारण बन्यो । सेनापति काण्डले प्रचण्डको उत्कर्षको हलुवामा बालुवा पार्‍यो ।

काँचो अन्न र जिउँदो मान्छे आज नभए पनि भोलि चाहिन्छ भन्ने सत्यलाई कुल्चिएर शान्तिप्रक्रियामा आइसक्दा पनि एमालेको कत्लेआममा उत्रिएका प्रचण्डका लागि अन्तिम उद्धारकर्ता एमाले नै भयो । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा ओरालो लागेका मृग बनेका प्रचण्ड २०७४ सालको स्थानीय चुनावमा जनदण्डको भागेदार भइ रुझेको बिरालोजस्तो बनेपछि एमालेसँग टाँसिन आइपुगे ।

आफ्नो बुत्ताले नभ्याउने भएपछि नै प्रचण्डले एमालेलाई तालमेल र सहकार्यका लागि गुहार मागेका थिए । जब एमालेको साथले पुनर्जीवन पाए औकात भुलेर आलु खाएर पेडाको धाक लगाइरहे ।

एउटा व्यक्ति असल हुनुको लाभ पनि पृथ्वीले उठाउँछ र व्यक्ति खराब हुनुको मार पनि यही पृथ्वीले भोग्नु पर्ने हुन्छ । रावण खराब हुनुको मूल्य लंकाले चुक्ता गरेको छ । रामायण रचनाको प्रयोजन यही छ । दुर्योधन असल भएको भए महाभारत मच्चिने थिएन । महाभारतले यही भन्छ ।

पछिल्ला दशकमा प्रचण्ड राष्ट्रिय समस्या नभइदिएको भए नेपालको विकास र समृद्धिको महाअभियानले अवरोध झेल्नु पर्नै थिएन । जीवनगुरु विरुद्धका हर्कत, यानप्रसाद गौतमको सफाया, बाबुराम दम्पतीको सफायाको प्रयास, जीपीदेखि केपीसम्मलाई काखमै रहेर रोपेको छुराले प्रचण्डलाई एक सदावहार उद्दण्ड पुष्टि गरेको छ ।

जुन पार्टीको छाता ओढ्यो त्यसैमा भ्वाङ पार्नु, चुला खाएर धुरीमा डिठ पार्नु र गाँस दिनु र बास नदिनु खराब चरित्रको पाहुनाले झै संगत गरेका जतिलाई वाक्क दिक्क पार्नु प्रचण्डको जीवनलीलाको मेरुदण्ड बनेको छ ।

उत्कर्षको बेला असहिष्णु हुनु र प्रतिकूलतामा आत्महत्याजस्तो कायरतालाई सैद्धान्तिक जलप लगाउने धृष्टता गर्नु असामान्य विचलन हो आफैं निराश हतास प्रचण्डको नेतृत्व क्षमतामाथि त्यसरी प्रश्न खडा भएको छ जसरी एक रतन्धो लागेको भेडो बथानको अगुवाइ गर्न बर्जित रहने गर्दछ ।

प्रचण्डको शल्यसेनापतीय चरित्र

लिम्पियाधुरा समेटिएको नक्सा छापिएपछि नेपालमा नेपाली जनता सर्वशक्तिमान ठान्ने चेत र हरहर मोदी गर्ने परावलम्वी खराब चिन्तनबीच द्वन्द्व सुरू भएको छ । भारतका लागि कम्फरटेबल सत्ता गठबन्धनको निर्माण, कम्फरटेबल सिद्धान्तको प्रतिपादन, कम्फरटेबल साहित्यको रचना, कम्फरटेबल संस्कार र जीवनशैलीको अवलम्बनमा प्रचण्डको अग्रसरता र रुचिले प्रचण्डलाई शल्यसेनापतीय भूमिकामा अवतरित गरेको छ ।

नेपालप्रति बफादार होइन भारतको भक्त हुन र महत्वाकांक्षापूर्ति वा वामपन्थीको विरुद्धमा प्रंतिशोध साँध्न कांग्रेसको पाउपूजामा उत्रन संकोच नमान्नुले प्रचण्डबाट आश गर्नेलाई निराश तुल्याएको छ ।

संक्रमणकालको जटिल चरण भएर गुज्रिरहेको तत्कालीन नेकपाको आन्तरिक जीवन जसरी असामान्य, अशान्त, अनिश्चित र अव्यवस्थित हुनपुग्यो, वामगठबन्धनको चुनावी घोषणापत्र र जनादेश जसरी अलपत्र भयो यसका जरा प्रचण्डको लिप्साग्रस्त चरित्रमा रोपिएका थिए ।

काग्रेस र भारतका लागि कम्फरटेबल हुन धक नमान्ने प्रचण्डको शल्यसेनापति चरित्र नै नेपालको आधुनिक वामपन्थी आन्दोलनको दुर्भाग्य हो । नोयडामा बसेर नेपालमा नरसंहार मच्चाउनु र गिरिजाप्रसादको गोदमा बसेर एमालेलाई छुरी हान्नुले नै प्रचण्डको झुर राजनीतिका संकेतहरू छरप्रष्ट भैसकेका थिए तैपनि प्रचण्डलाई शंकाको फाइदाको ओइरो लाग्यो ।

प्रचण्डको नेपाल र एमालेद्वेषी राजनीतिले गर्दा राजनीतिक स्थिरता, विकास र समृद्धिको एमालेको महायज्ञले बेला बेलामा विध्वंशको सामना गर्नु परेको छ । वामपन्थी आन्दोलनले भोग्नुपरेको क्षति, गुमाएको अनुकूलता, बेहोरेको बर्बादी र बदनामीको जड नै विगत तीन दशक यता गुपचुप वा प्रकट रूपमा, साँठगाँठ गरेर वा एक्लाएक्लै रूपमा, संघर्ष वा सहकार्यका दौरानमा प्रचण्डले देखाएको शल्यसेनापति प्रवृत्ति हो ।

लक्ष्यको जग्गामा लालच र लगनशीलताको जग्गामा लिप्साको झण्डा फहराएर लज्जाहिनता र व्यक्तिगत महत्वाकांक्षा र लाभलाई सर्वोपरी राख्ने प्रवृत्तिलाई महाभारतीय साहित्यले निन्दा र भत्र्सना गर्दे शल्यसेनापतिको संज्ञा दिएको छ । मर्यादाको ख्याल गर्ने, निष्ठा, त्याग, कुर्बानी र अनुशासनको मेरुदण्ड भएको आधुनिक राजनीतिले पनि शल्यसेनापति प्रवृत्तिलाई निन्दा र भत्र्सनाको अर्थ र बिम्बका रूपमा प्रयोग गरेको पाइन्छ ।

नेपालमा लिम्पियाधुरा मुद्दा उठेको बेला भारतको लागि कम्फरटेबल सत्तारुढ गठबन्धनको निर्माण गरेर नेपालभन्दा भारत प्यारो, ओलीभन्दा देउवा आफ्नो, एमाले भन्दा कांग्रेसनिकट ठान्न प्रचण्डले आफुलाई शल्यसेनापतिको भूमिकामा उभ्याएर आगामी चुनावमा जनदण्डको स्वाभाविक हकदारका रूपमा उभ्याएका छन् ।

शल्यसेनापति प्रवृत्तिलाई उत्कृष्ट ढंगले उदांग पारिएकाले शरशैयामा सुताइएका भीष्मको मनोवादमा आधारित भएर रचिएको भारतीय लेखक भगवतीशरण मिश्रको उपन्यास ‘मै भीष्म बोल रहाँ हुँ’का केही हरफ यहाँ अनुवाद गर्नु उपयुक्त ठहरिएको छ ।

उक्त पुस्तकमा विभिन्न प्रसंगमा मद्रासका राजा शल्यको लिप्साग्रस्त व्यवहार सृंखलामाथि शरशय्यामा पुगेका भीष्मको आत्ममन्थन यस्तो छ- ‘मैले विनम्र शब्दमा शल्यलाई सम्बोधन गर्दै भनेँ, रिपुमर्दन, मलाई यहाँ कन्या हेतुले आएको सम्झिनुहोस् । मैलै थाह पाएँ कि यहाँको साथमा एक अत्यन्त सुन्दरी एबं यशस्विनी बहिनी छन् जो अत्यन्तै विनम्र एबं साधु स्वभावले युक्त छिन् । उनको नाम जहाँसम्म मैले पत्ता पाएको छु कि माद्री हो । म यिनै पुण्यशालिनीलाई आफ्नो पाण्डुको लागि वरण गर्न यहाँ उपस्थित भएको छु । शत्रुमर्दन, तपाईँ हामीसँग सम्बन्ध स्थापित गर्नका लागि सर्वथा सुयोग्य हुनुहुन्छ र हामी पनि तपाईँको योग्य छौं । मद्रेश्वर, विधिपूर्वक विचार गरेर आफ्नो निर्णय मलाई अवगत गराउनुहोस् ।’

मद्रासनरेशले मेरो भनाइ ध्यानपूर्वक सुने र निवेदन गरे- ‘कुरुश्रेष्ठ तपाईँको कुलसँग सम्बन्ध स्थापित गर्न पाउँदा म आफूलाई धन्य मान्दछु । यो सम्बन्ध मलाई सर्वथा प्रिय छ तर मेरो एक विवशता छ, जसलाई यहाँसमक्ष परिचित गराइदिनु म उचित सम्झिन्छु ।’

‘यहाँ निःशंकोच ढंगले आफ्ना कुरा राख्नुहोस् । जब मैले तपाईँकी बहिनीलाई पाण्डुसँग वरणका लागि निश्चय गरेँ, हरेक बाधालाई पन्छाएर आफ्नो यस कामनालाई पूरा गर्न चाहन्छु ।’ मैले मद्रराजलाई आश्वस्त पार्दै भनेँ ।

‘मेरो कुलको यो परम्परा छ कि कन्या निःशुल्क दिइँदैन ।’

मलाई यस बारेमा थाह थियो र मैले सहर्ष भने- ‘मैले यहाँको कुलमर्यादाको रक्षा गर्नु छ । यहाँका पूर्वजहरूले जुन परम्परा स्थापित गर्नु भएको छ, त्यसको पालना त यहाँले पनि गर्नै पर्दछ । सौभाग्यवश अहिले हस्तिनापुर साम्राज्य धनधान्य सम्पन्न छ । मैले आफ्नो रथमा पर्याप्त शुल्क लादेर लिएर आएको छु । म अहिल्यै यसलाई यहाँसमक्ष राख्छु ।’

त्यसपछि मैले बहुमूल्य रत्नहरू, सुनका गहनाहरू, रेशमी वस्त्रहरू आदिले भरिएको रथलाई शल्यको राजमहलको द्वारसम्मै पुर्‍याइदिएँ । यसको साथसाथै पर्याप्त पशुधन जस्तै हात्ती, घोडा आदि पनि महलको द्वारमा बढी संख्यामा खडा गराइदिएँ ।

राजा शल्य यति सम्पत्ति पाएर अत्यन्त प्रशन्न भए । उनले आफ्नी बहिनीलाई मेरो साथमा लगाइदिए । हस्तिनापुरमा ल्याएर मैले माद्रीको विवाह विधिपूवक पाण्डुसँग सुसम्पन्न गराइदिएँ ।

आज यो अवसर आएको छ कि आफैं एक्लै शल्यको यस कृत्यमाथि पुनर्विचार गरुँ । मलाई यो समन्ध माद्रीको रूपगुणको प्रशंसाका कारणले गर्नु परेको थियो ।

शल्यको चरित्र अन्ततः यस महाभारत युद्धको पूर्वमा स्पस्ट भएर आयो । युद्धमा आफ्ना भान्जा नकुल र सहदेवका कारणले पाण्डवको पक्षमा भाग लिन हेतु शल्य राज्यबाट प्रस्थान भएका थिए ।

चतूर दुर्योधन सायद उनको लालची स्वरूपलाई जान्दथ्यो । उसले ठाउँठाउँमा शल्य र उनको सेनाको स्वागतको लागि पर्याप्त प्रबन्ध गर्‍यो । सबै प्रकारका खाद्य सामग्री र पेय पदार्थले तीनको सेवा गरियो । पहिला त शल्यले ठाने कि यो सबै पाण्डव पक्षबाट भइरहेको छ तर अन्तमा दुर्योधनले यो सबै प्रबन्धको बारेमा स्पष्ट गरेर शल्यलाई आफ्नो पक्षबाट लड्नको लागि आमन्त्रित गर्‍यो । लिप्साको प्रतिमा शल्य अरु पनि केही प्राप्त गर्ने आशाले आफ्ना रक्त सम्बन्धी पाण्डवहरूलाई त्यागेर दुर्योधनको पक्षमा गएर मिल्यो ।

मलाई शल्यको यस चरित्रको पहिले नै अनुमान हुनुपर्दथ्यो, तर मेरो तथाकथित बुद्धिमताले कहिल्यै पनि मलाई साथ दिएको छैन । शल्यको यस कृत्यको भर्त्सना जस्तोसुकै शब्दमा गरे पनि कमै हुनेछ ।

शल्यजस्तै उदांग भएका लोभी र लिप्साग्रस्त मान्छेको यस धर्तीमा कमी छैन र यसको परिणाम हो यो महासमर ।

शल्यको बदमासी यत्तिमै सीमित छैन । महाभारत युद्ध अन्त्यतिर उनी महारथी कर्णको सारथी बने । कर्णका पत्यासी अर्जुन थिए भने अर्जुनका सारथी कृष्ण थिए । राजा भएर सुतपुत्र कर्णको सारथी बस्न गरिएको आग्रहलाई अपमान ठानेका उनी कृष्णकै हाराहारीको स्थान हो भनेर दुर्योधनले फकाएपछि फुरुङ्ग भए ।

शल्य यस सारथ्य धर्ममा पनि कृष्ण जसरी दत्तचित्त भएर लागेनन् । कतै पनि अटल नरहने शल्यले पाण्डवहरूलाई दिएको बचन पालना गर्दै सारथी धर्मबाट समेत च्यूत भएर आफ्नै महारथी कर्णको तेजोवध र निन्दा गर्ने र अर्जुनको पराक्रमको प्रशंसा गर्ने दोहोरो चरित्र देखाएर कर्णलाई पनि घात गरे । कर्णवधको एक कारण भएर पनि शल्यले कौरव सेनाको सेनापति बन्ने मौका पाए र अन्ततः उनी युधिष्ठिरको हातबाट मारिन पुगे ।

नेपालमा लिम्पियाधुरा मुद्दा उठेको बेला भारतको लागि कम्फरटेबल सत्तारुढ गठबन्धनको निर्माण गरेर नेपालभन्दा भारत प्यारो, ओलीभन्दा देउवा आफ्नो, एमाले भन्दा कांग्रेसनिकट ठान्न प्रचण्डले आफुलाई शल्यसेनापतिको भूमिकामा उभ्याएर आगामी चुनावमा जनदण्डको स्वाभाविक हकदारका रूपमा उभ्याएका छन् ।

प्रचण्डपीडितहरूको नियति

अकबर बीरबलका कथामा स्वाद स्वादका हुस्सुको संग्रह छ । तीमध्ये एउटा हुस्सु यस्तो हुन्छ जो अर्कै पोइल गैसकेकी सुत्केरी श्रीमतीलाई भनेर घिउ पुर्‍याउनका लागि दौडिन्छ ।

सत्तारुढ गठबन्धनमा रहेका कुनै समयका प्रचण्डपीडितहरूको नियति पनि यस्तै हुस्सुको जस्तो रहेको छ । नातिनी उमेरकी दुर्गा पौडेलसँग अनमेल विवाहले मात्र नपुगेर तीनैलाई मन्त्री बनाउने लोभले ‘जुन मायाले धरधरी रुवायो त्यही मायालाई भेट्ने मन लागेको मोडेलमा प्रचण्डको पाउमा पर्नु एक उदाहरण हो ।

लाग्छ सिंहको लहैलहैमा लागेर सतित्व डगाउनु चित्रबहादुर केसीको जीवनलीलाको परिधि हो । डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठजस्ता प्रचण्डपीडितमा पनि सदाबहार रूपमा ईखको खडेरी लागेकै छ । एमालेका भगौडा माधव, झलनाथ र वामदेव सबै यो वा त्यो प्रकारका प्रचण्डपीडित नै हुन् । जब मानिसमा ईखको खडेरी लाग्छ तब पीडकको सेवा, भावभक्ति चाकरी र प्रशस्तिमै उसको जुनी बित्ने गर्दछ ।

सत्यको सहारा जनता जनार्दन

आफ्नो छात्तीमा हलो जोतेर चिरा पार्ने मानिसलाई धर्ती माताले अन्न दिन्छिन् । रुखले आफूलाई झटारोले हान्नेलाई फल दिन्छ । कुनै बेला एमाले फोरेर हिड्ने सीपी मैनाली र वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउने एमाले पनि धर्तीमाता हो ।

काम नपाएर शत्रु खोज्दै हिँड्ने फुर्सद एमालेसँग छैन । तर, देश र जनताको हित र स्वाभिमानसँग सम्झौता नगरेकाले एमालेलाई जोरीपारीको कमी छैन । नेपालमा नेपाली जनता नै सबथोक हुन् भनेकै कारण एमालेविरुद्ध अप्राकृतिक तरिकाले सत्तारुढ गठबन्धनको रचना गरिएको छ ।

एमालेलाई हजार बार हार र मार स्वीकार्य छ तर मातृभूमिको चीरहरण र लिम्पियाधुरामाथिको अतिव्रmमण स्विकार्य छैन । देशभक्तको साधना देशभक्ति हो, विजय र पराजय होइन । सत्यको सहारा जनता जनार्दन छन् ।

कुन्ती मोक्तानको यो गीतले देश र जनताप्रतिको एमाले साधना, उपासना र जागरणको आन्दोलन नेपाल र नेपाली जाति रहेसम्म जारी रहने छ र सुखी नेपाली र समृद्ध नेपालको महाअभियान अघि बढ्नेछ :–

‘कति जल्छौ आरिसले, अझै जल्दै गर

म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर ।

काँडेतारको बार लाएनि, मेरो यात्रा रोकिन्नँ

हत्केलाले सूर्यलाई कहिले पनि छेकिन्नँ ।

कति गर्छौ उपहास, अझै गर्दै गर

म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर ।

तिलजत्रो कुरोलाई, पहाडजत्रै बनाऊ

झुटको खेती सप्र्यो भने दिपावली मनाऊ ।

कति काट्छौ कुराहरू। अझै काट्दै गर

म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.