माओवादी नेता मौसम भन्छन्- गठबन्धनका जनप्रतिनिधि लालचमा फसे, अन्तर्घातको निर्मम समीक्षा गर्छौं – Nepal Press

माओवादी नेता मौसम भन्छन्- गठबन्धनका जनप्रतिनिधि लालचमा फसे, अन्तर्घातको निर्मम समीक्षा गर्छौं

इटहरी । प्रदेश १ का नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा गठबन्धन सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बुधबार भएको राष्ट्रियसभा चुनावमा गठबन्धनमा अन्तर्घात भएको स्वीकार गरेका छन ।

सामाजीक संजाल फेसबुकमा आङ्बोले पार्टी नेतृत्वप्रति इमारदार नहुँदा लालच र प्रलोभनमा परेर गम्भीर अन्तर्घात भएको लेखेका छन् । उनले अन्तर्घात क्षम्य नहुने भन्दै गम्भीर र पारदर्शी छानविन हुने उद्घोष गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन, ‘संघियताप्रति चौतर्फि प्रहार भइरहेका बेला झन हामी १ नम्बर प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु हाम्रो एजेन्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनाैं, लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तर्घात कुनै पनि पार्टीको निम्ती क्ष्यम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नपर्छ । बढ्दैछ ।’

प्रदेश १ का गठबन्धनका तीन उमेद्वारमा नेकपा एकिकृत समाजवादीकी जयन्ती राईले मात्रै एमाले उमेद्वार सुमित्रा मन्डारीलाई सहजै हराएकी थिइन । राईको ४६५२ आउँदा भन्डारीको ४३६२ आएको थियो । अल्पसंख्यकबाट एमालेका उमेद्वार सोनाम ग्याल्जेन शेर्पाले ४७३४ मतले जित्दा गठबन्धनका द्वार हेमराज राई ४३६८ मत पाएर पराजित भए । खुल्लामा एमालेका गुरु बराल र गठबन्धनका गोपाल बस्नेतको बराबर ४४८८ मत आएको थियो । गोलाबाट बस्नेत भाग्यामानी बने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर