कन्चनपुरमा मोटरसाइकल र अटोरिक्सा ठोक्किँदा एकजनाको मृत्यु – Nepal Press

कन्चनपुरमा मोटरसाइकल र अटोरिक्सा ठोक्किँदा एकजनाको मृत्यु

कैलाली । कञ्चनपुरमा मोटरसाइकल र अटोरिक्सा एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–३ माईली बजारमा लु २ स ००८१ नम्बरको अटोरिक्सा र से १ प ७६४४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

अटो रिक्सा चालक ३५ वर्षीय राजेन्द्र सुनार(मिजार)को उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्ट बताए ।

मोटरसाइकलमा सवार दुवै जना घाइतेको उपचार भइरहेको छ । चालक रामभजन राना र राधेश्याम राना घाइते भएका हुन् । अटोमा सवार आकाश बिक, आशिष बिक, रघुबीर सुनार, करुणा सुनार र पार्बती सुनार घाइते भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर