मुख्यमन्त्री नभेटेपछि कर्मचारीलाई ज्ञापनपत्र बुझाएर फर्किए जनमतका कार्यकर्ता (भिडिओ) – Nepal Press

मुख्यमन्त्री नभेटेपछि कर्मचारीलाई ज्ञापनपत्र बुझाएर फर्किए जनमतका कार्यकर्ता (भिडिओ)

जनकपुरधाम । जनमत पार्टीले मधेस सरकारलाई किसानसँग सम्बन्धित ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई नभेटेपछि जनमतका कार्यकर्ता कर्मचारीलाई ज्ञापनपत्र बुझाएर फर्किएका छन् ।

मधेस भवनमा मुख्यमन्त्री राउतलाई नभेटेपछि केन्द्रीय उपाध्यक्ष ई. वसस्त कुशवाहाले फोन गरेका थिए । आफू जनमत पार्टीको नेता र ज्ञापनपत्र बुझाउन आएको जानकारी गराउँदै गर्दा राउतले फोन काटेको कुशवाहाले बताए । त्यसपछि उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत सुरेन्द्र कर्णलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेता कुशवाहले आज सातै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको बताए । उनले एक महिनादेखि आन्दोलन गरे पनि सरकारले कुनै चासो नदेखाएको गुनासो गरे ।

ज्ञापनपत्रमा किसानलाई समयमा मलखाद र बीउको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, स्वतः बालीनाली बीमा निश्चित गर्नुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्नेलगायतका माग राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर