दीपकराज गिरीको कटाक्ष : भ्रष्टाचार र महंगी देखेर होला जनसंख्या बढ्न डराएको ! – Nepal Press

दीपकराज गिरीको कटाक्ष : भ्रष्टाचार र महंगी देखेर होला जनसंख्या बढ्न डराएको !

काठमाडौं । सरकारले आज नेपालको नयाँ जनसंख्या सार्वजनिक गरेको छ । जसअनुसार मुलुकको प्रारम्भिक जनसंख्या २ करोड ९१ लाख छ । तर, राजनीतिक दल र आमसर्वसाधारणले वर्षौंदेखि बोलीचालीमा ३ करोड जनसंख्या बताउँदै आएका छन् ।

जनसंख्याको पछिल्लो आँकडालाई लिएर कलाकारिता क्षेत्रबाट कटाक्ष समेत हुन थालेको छ । समसामयिक परिस्थितीमा आफ्नो धारणा राख्ने अभिनेता दीपकराज गिरीले नेपालको नयाँ जनसंख्यालाई लिएर कटाक्ष गरेका छन् ।

उनी लेख्छन्, ‘१० वर्ष भो ३ करोड जनसंख्या भनेको छ । आज पनि २ करोड ९१ लाख मात्रै रहेछ । देशमा भ्रष्टाचार महंगी, गरिबी, हत्याहिंसा बढेको देखेर होला जनसंख्या पनि बढ्न डराएछ गाँठे ।’

दीपकराजको उक्त अभिव्यक्तिमा अभिनेता निर्मल शर्मासहितका कलाकारले पनि समर्थन जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर