‘पहिला खाद देऊ, अनि भोट खसाऊ’ भन्दै सीके राउतका कार्यकर्ताद्वारा जनकपुरमा प्रदर्शन – Nepal Press

‘पहिला खाद देऊ, अनि भोट खसाऊ’ भन्दै सीके राउतका कार्यकर्ताद्वारा जनकपुरमा प्रदर्शन

जनकपुरधाम । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत आज मतदान सुरु हुनै लाग्दा किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् ।

जनकपुरको मुख्यचोकमा विहानैदेखि जनमतका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले पहिला खाद देऊ, अनि भोट खसाऊ, स्थानीय निर्वाचन घोषणा अनि राष्ट्रिय सभा निर्वाचन, संविधान र लोकतन्त्र मास्न पाइँदैन जस्ता नारा लगाएका छन् ।

जनमतका केन्द्रीय अध्यक्ष डा सीके राउतले मधेसका किसानको माग नसुन्ने तर मधेसमा निर्वाचन गराउन लागेकाले विरोध गरेको बताएका छन् ।

उनले आफ्नो सचिवालय पेजमा लेखेका छन्– ‘मधेस विगत एक महिनादेखि आन्दोलित छ । किसानहरू चिसोमा हरेक दिन आफ्ना माग राखेर आन्दोलन गर्न सडकमा उत्रिन्छन् । तर त्यो चाहिँ तीनै तहको सरकारले नदेख्ने अनि मधेसमा आएर निर्वाचन गराउने ? काठमाडौंमा बोलाएर निर्वाचन गर्न लगाउनुस्, हामीलाई मतलव छैन, तर मधेस आन्दोलित छ। यहाँ पहिला खाद देउ, अनि मात्रै भोट खसाउ ।’

अध्यक्ष डा राउतले किसान आन्दोलनको माग पूरा गर्न आज सबै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर