डब्लुएचओको चेतावनी : कोभिडको अन्त्यबारे अनुमान गर्न जोखिमपूर्ण हुनसक्छ – Nepal Press

डब्लुएचओको चेतावनी : कोभिडको अन्त्यबारे अनुमान गर्न जोखिमपूर्ण हुनसक्छ

रोयटर्स/जेनेभा । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरिएन्टले कोभिड-१९ महामारीको अन्त्य गर्नेछ भन्ने अनुमान खतरनाक रहेको चेतावनी सोमबार दिएको छ । साथै, संगठनले भाइरसलाई हराउन सबै मुलुक एकजुट हुनुपर्नेमा जोड दिएको छ ।

‘यो मान्नु खतरनाक छ कि ओमिक्रोन अन्तिम संस्करण हुनेछ र हामी अन्तिम खेलमा छौं,’ डा. टेड्रोस अधानोम गेब्रेयससले दुई वर्षको महामारीको डब्ल्यूएचओ कार्यकारी बोर्ड बैठकलाई सम्बोधन गर्दै भने, ‘जसले झन्डै ६० लाख मानिसहरूलाई मारेको छ।’

साथै उनले महामारीको पछिल्लो अवस्था हेर्दा थप भेरियन्टहरू देखा पर्नका लागि उपयुक्त रहेको बताए । ओमिक्रोन भेरिएन्टको असरले ३५० मिलियन संक्रमित थपिएको र खोपको पहुँचले घातक प्रभावमा कमी आएको उनले बताए । ‘मलाई आशा छ, महामारीको सबैभन्दा खराब असर पुरा भैसकेको पनि हुनसक्छ’ उनले भने ।

डब्लुएचओलाई हाँक्ने पहिलो अफ्रिकी र आगामी कार्यकाल पनि निर्विरोधरुपमा अघि बढ्न लागेका डा टेड्रोसले कोरोनाभाइरसलाई जित्न अनुशासन र एकता जरुरी भएको बताए ।

‘कोभिड महामारी तेस्रो वर्षमा प्रवेश गरेको छ र हामी गम्भिर चरणमा प्रवेश गरेका छौं’ यसअघि आयोजित एक पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘महामारीलाई अन्त्य गर्न हामी एकजुट भएर अघि बढ्नु जरुरी छ । पीडा र बेवास्ताको बीचमा हामी महामारीलाई अघि बढ्न दिन सक्दैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर