गोकुलले किन गरे बाबुरामको तुलना क्विसलिङसँग ? – Nepal Press

गोकुलले किन गरे बाबुरामको तुलना क्विसलिङसँग ?

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराई र एमाले नेता गोकुल बास्कोटाबीच आरोप-प्रत्यारोप चलिरहेका बेला बास्कोटाले भट्टराईको तुलना दोस्रो विश्वयुद्धअघिका हिटलरसमर्थित नर्वेली प्रधानमन्त्री भिड्कुन क्विस्लिङसँग गरेका छन् ।

स्थानीय चुनाव हुन नदिने र राजनीतिक शून्यता सृजना गरेर शक्ति हत्याउने दाउमा बाबुरामले विदेशी एजेन्टको रूपमा काम गरेको भन्दै उनले क्विस्लिङसँग तुलना गरेका हुन् ।

क्विस्लिङले हिटलरलाई नर्वेमाथि आक्रमण गर्न लगाएर भित्रभित्रै उनलाई सघाएर प्रधानमन्त्री पद हत्याएका थिए । दोस्रो विश्वयुद्धपछि उनलाई देशद्रोही घोषित गरी मारिएको थियो ।

डा. भट्टराईले तीनै तहको निर्वाचन मंसिरमा गर्ने गरी संसदबाट प्रस्ताव पास गरेर अहिलेका जनप्रतिनिधिलाई कामचलाउ बनाउन सकिने धारणा राखेलगत्तै बास्कोटाले कडा प्रतिवाद गरेका हुन् ।

बास्कोटाले नेपाल प्रेससँग भने, ‘मैले बाबुरामलाई क्विसलिङसँग तुलना गरेको होइन, उनका पछिल्ला अभिव्यक्ति र व्यवहारले उनी क्विसलिङजस्तै देशद्रोही हुन् भन्ने आशंका छ । राजनीतिक शून्यता सिर्जना गरेर शक्ति आर्जन गर्ने उनको दाउ अन्यत्रबाटै निसृत छ ।’


प्रतिक्रिया

2 thoughts on “गोकुलले किन गरे बाबुरामको तुलना क्विसलिङसँग ?

  1. याे भारूरामलाई देशकाे माया छैन जे पनि भनिदिन्छ । यसलाई भारतले जे भन् भन्याे त्यहि भनिदिन्छ । अहिले सबै चुनाव एकैचाेटी भन् भनेर भारतले भन्न लगायाे दलालले त्यही भनिदियाे । एक दिन यसले नेपाललाई भारतमा मिसाईदिउ भनिदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर