रुसी आक्रमणको चिन्ताबीच नेटोले पठायो युक्रेनमा सैनिक, युरोपेली नेतासँग बाइडेनको भिडिओ वार्ता – Nepal Press

रुसी आक्रमणको चिन्ताबीच नेटोले पठायो युक्रेनमा सैनिक, युरोपेली नेतासँग बाइडेनको भिडिओ वार्ता

काठमाडौं । रुसले आक्रमण गर्ने चिन्ता र तनावको बीचमा नेटोले युक्रेनलाई सघाउन सैनिकसहितको लडाकु जहाज र पानी जहाज पूर्वी युरोपमा पठाएको छ ।

अहिले युक्रेनको सीमावर्ती क्षेत्रमा रुसले आफ्ना सैनिकहरु भारी संख्यामा उपस्थित गराएको छ । नेटाले युक्रेनलाई सघाउन आवश्यक परे थप सैनिक सहायता प्रदान गर्ने समेत घोषणा गरेको छ ।

पछिल्ला सातामा नेटा गठबन्धनका सदस्य मुलुकहरुले त्यहाँ सैनिक परिचालन गर्ने कार्यको स्वागत गरिरहेको बेला महासचिव जेन्स स्टोलनवर्गले आवश्यक कदम चालिने बताएका छन् ।

रुसले युक्रेनी सीमामा १० लाख सैनिक उपस्थित गराइरहँदा आक्रमण हुन सक्ने पश्चिमा मुलुकको चासो र चिन्ताबीच नेटाले यस्तो कदम चालेको हो । युक्रेनलाई लिएर अहिले रुस र पश्चिमा मुलुक आमनसामेन भएका छन् ।

सेना परिचालनको निर्णयलाई सार्वजनिक गर्न जारी विज्ञप्तिमा नेटाका महासचिव भन्छन् : हाम्रो सुरक्षाको वातावरणलाई खलबल्याउने कार्यविरुद्ध हामी सँधै एकजुट हुन्छौं ।’

अहिले इस्टोनिया, लिथुआनिया, लात्भिया र पोल्यान्डमा नेटाका बख्तरबन्द गाडीसहित ४ हजार टुकडी तैनाथ छन् । तर, रुसले भने युक्रेनमा हमला गर्न सक्ने पश्चिमा मिडियाको भनाईलाई खण्डन गर्दै आएको छ ।

युक्रेन तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराति युरोपेली मुलुकका प्रमुखसँग भिडिओ संवाद गरेका थिए । उनले युक्रेनलाई लिएर पश्चिमा मुलुककबीच मतैक्यता रहेको बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा आक्रमण भए रुसविरुद्ध अभूतपूर्व र ठूलै प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर