मेडिकल कलेजविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन संयुक्त विद्यार्थी संगठनको अपील – Nepal Press

मेडिकल कलेजविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन संयुक्त विद्यार्थी संगठनको अपील

काठमाडाै‌ं । नोबेल मेडिकल र काठमाडौं मेडिकल कलेज लगायत मेडिकल कलेजहरुमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति विद्यार्थी संगठनले अपिल जारी गरेको छ ।

मंगलबार संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तीमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागि अपिल गरेको हो ।

नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल (क्रान्तिकारी)का हरिकृष्ण गजुरेल ,विप्लव बिध्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा कलेज प्रशासको दुर्ब्यबहार र दमनको निन्दा गर्दै घाइते विद्यार्थीहरुको स्वास्थ्यलाभको कामना गरिएको छ ।

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क बिरुद्ध चलेको आन्दोलनमा विद्यार्थी र कलेज प्रशासन बीच समझदारी कायम हुन नसक्दा आन्दोलन थप मुठभेड तर्फ अघि बढेको थियो ।

लामो समयसम्म विद्यार्थीका मागहरु सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले मागपत्र टाँसेर केएमसी प्रशासनमा दुई दिन अघि ताला लगाएको छन्।

माग पुरा गर्ने तर्फ उदासिनता देखिएको भन्दै सोमबार विद्यार्थीहरुबाट नोबेल प्रशासन बिरुद्ध गरेको सिट्टी जुलुसमा कलेज प्रशासनको हस्तक्षेप हुँदा विद्यार्थी नेताहरु ताजिम अन्सारी, दिपेन्द्र मेहता टेकेन क्षेत्रि ,उमेश सेन्चुरी, सोयब अन्सारी, शहिल झा सहित १ दर्जन बढी विद्यार्थी घइते भएका छन ।

शान्तिपुर्ण कार्यक्रममा दमन गरेको प्रति आक्रोशित विद्यार्थी संगठनले इंटको जवाफ पत्थरले दिने भन्दै समस्या समाधानमा पहल नगरे थप कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर