नेपालको बाटो भएर दुबई जान लागेका भारतीयसँग १५ हजार अमेरिकी डलर – Nepal Press

नेपालको बाटो भएर दुबई जान लागेका भारतीयसँग १५ हजार अमेरिकी डलर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेका एक भारतीय नागरिक १५ हजार अमेरिकी डलर र विभिन्न देशका मुद्रासहित पक्राउ परेका छन् ।

फ्लाई दुबईको विमानमार्फत आइतबार दुबई जान लागेका एस्साक खान इब्राहिम खानको साथबाट प्रहरीले ६ सय १० साउदी रियाल, ३६ ओमानी रियाल, ९ सय २० यूएई दिराम र २ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको थियो ।

पक्राउ परेका व्यक्तिमाथी थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर