साविक विजेता संकटालाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपको सेमिफाइनलमा – Nepal Press

साविक विजेता संकटालाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । मेसुके ओल्मोउको दुई गोल प्रेरित मछिन्द्र फुटबल क्लबले २०औं संस्करणको आहा रारा गोल्डकपमा साविक विजेता संकटा क्लबलाई ४–१ गोलको नतिजामा पराजित गरेको छ ।

संकटामाथि उत्कृष्ट जित निकालेसँगै मछिन्द्र प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको १३औं मिनेटमा उत्सब राईले गोल गर्दै मछिन्द्रका लाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मछिन्द्रका लागि ४७औं मिनेटमा मेसुकेले दोस्रो गोल गरेका थिए । मेसुकेको गोलसँगै मटिन्द्रले अग्रता दोब्बर पारेको थियो ।

देुई गोलले पछि परेको पछि परेको संकटाका लागि खेलको ६३औं मिनेटमा गणेश हमालले सान्तवना गोल गर्दै खेलमा फर्किने संकेत गरेका थिए । तर, ८४औं मिनेटमा मछिन्द्रका अभिषेक गुरुङले टोलीका लागि तेस्रो गोल गरे । त्यसको दुई मिनेट नबित्दै मेसुकेले चौथो गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टीम एनआरटी बाट खेलीरहेका मेसुके आहा रारा खेल्नका लागि मछिन्द्रसँग आवद्ध भएका थिए ।

जितसँगै मटिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँगको भेट पक्का गरेको छ । पराजित संकटा प्रतियोगिताबाट बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *