साम्राज्ञीले पनि थालिन् भ्लग : युट्युवमार्फत दर्शकसँग अन्तक्रिया गर्ने – Nepal Press

साम्राज्ञीले पनि थालिन् भ्लग : युट्युवमार्फत दर्शकसँग अन्तक्रिया गर्ने

काठमाडौं । नेपाली सेलेव्रिटीको लागि कोरोना कालखण्ड वैकल्पिक पेशा व्यवसाय सुरु गर्ने र रुचिलाई आकार दिने समय पनि बन्यो ।

यसबीच धेरै कलाकारले विभिन्न उद्यममा हात हाले भने, कतिपयले आफ्ना रुचिका क्षेत्रमा जम्ने अवसर पनि पाए । प्रियंका कार्की, करिश्मा मानन्धर, रीमा विश्वकर्मा, केकी अधिकारी, सविन श्रेष्ठ, अनु शाह, पल शाह, विनय श्रेष्ठ, ऋचा शर्माले युट्युव च्यानलमा खाता खोलेर भ्लग चलाइरहेका छन् ।

यो सूचीमा अभिनेत्री साम्राज्ञी शाह पनि थपिएकी छिन् । जनवरी २२ देखि साम्राज्ञीले साम्राज्ञी राज्यलक्ष्मी शाहको छोटकरी रुप एसआरएलएस नामक युट्युव च्यानल संचालनमा ल्याएकी छिन् ।

सोही दिन उनले आफ्नो काम, जीवनशैली र नायिका प्रियंका कार्कीको अन्तर्वातालाई समेटेर पहिलो भ्लग रिलिज गरेकी छिन् । यसअघि आफूले संचालनमा ल्याएको अनलाइन ब्यापारबारे पनि साम्राज्ञीले यसमा जानकारी दिएकी छिन् ।

कोरोना महामारी सुरु भएको दुईवर्षयता फिल्मको गतिविधि प्रभावित भैरहेको बेला सेलेव्रिटीले आफ्नो रुचिलाई अघि बढाउने र दर्शकसँग अन्तक्रिया गर्ने माध्यमको रुपमा समेत भ्लगलाई लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर