सुदूरपश्चिम : सामाजिक विकास मन्त्रालयको सेवा बन्द – Nepal Press

सुदूरपश्चिम : सामाजिक विकास मन्त्रालयको सेवा बन्द

कैलाली । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवा बन्द गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदा सम्म सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ ।

केही कर्मचारीमा कोरोना संक्रमण भएको र केही कर्मचारीमा लक्षण देखिएको मन्त्रालयले जनाएको छ । लक्षण देखिएका कर्मचारीहरु आइसोलेसनमा रहेको भन्दै अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको निमित्त प्रदेश सचिव गणेश बहादुर सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

यस अघि जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको थियो ।

अहिले कैलालीका केही स्थानीय तहमा पनि कर्मचारीमा संक्रमण देखिएपछि सेवा प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर