टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित – Nepal Press

टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित

कााठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएपछि अस्पतालले खोप अभियान स्थगित गरेको हो।

अस्पतालमा संचालित कोभिड-१९ विरुद्धको नियमित खोप कार्यक्रममा भोलिदेखि १० देखि १६ गते ७ दिनको लागि स्थगित गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘ यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जना भन्दा बढी कोभिड-१९ बाट संक्रमित हुनु भएकोले यस अस्पतालमा संचालित कोभिड-१९ विरुद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि २०७८।१०।१६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर