राष्ट्रियसभा निर्वाचन : मौन अवधिमा के गर्न पाईन्छ, के पाईंदैन ? – Nepal Press

राष्ट्रियसभा निर्वाचन : मौन अवधिमा के गर्न पाईन्छ, के पाईंदैन ?

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तरगत मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले माघ १२ गते हुने निर्वाचनका लागि आइतबारबाट मौन अवधि सुरु भएको जनाएको छ ।

आज मध्यरातिबाट मौन अवधि सुरु हुनेछ ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नपाईने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आफ्नो निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक र भाइबर जस्ता विद्युतिय माध्यमबाट मत माग्न र प्रचार गर्न नपाईने आयोगले जनाएको छ ।

यस्तै निर्वाचक मण्डलको अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, पालिका अध्यक्ष वा उपाध्यक्ष तथा नगरप्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदाता विवरणसँग भिडाएै मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर