भारतमा एकैदिन ३ लाख ३७ हजार संक्रमित थपिए, ४८८ जनाको मृत्यु – Nepal Press

भारतमा एकैदिन ३ लाख ३७ हजार संक्रमित थपिए, ४८८ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा थप ४८८ जनाको कोरोनाभाइरस संक्रमणले मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार एकैदिनमा २ लाख ४२ हजार जना निको भएका छन् । भारतमा २१ लाखभन्दा बढी सक्रिय संक्रमित छन् भने दैनिक संक्रमणदर १७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

साथै शनिवार ओमिक्रोनबाट संक्रमण हुनेको संख्या १० हजार नाघेको छ । भारतमा ३ प्रतिशतका दरले संक्रमण फैलिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर