अष्ट्रेलियन ओपन : मेद्भेदेव र सिट्सीपास चौथो चरणमा – Nepal Press

अष्ट्रेलियन ओपन : मेद्भेदेव र सिट्सीपास चौथो चरणमा

काठमाडौं । रसियन विश्व नम्बर दुई ड्यानियल मेद्भेदेव अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

शनिबार विश्व वरियताको ५७औं स्थानका बोटिक भेन डि जान्डस्क्लुपलाई ६–४, ६–४, ६–२ को सोझो सेटमा हराउँदै मेद्भेदेवले चौथो चरणमा स्थान बनाएका हुन् ।

युएस ओपन च्याम्प्यिन मेद्भेदेवले चौथो चरणमा अमेरिकन म्याक्सिम क्रेसीसँग प्रतिस्पर्धा गर्नेछन् ।

क्रेसीले तेस्रो चरणमा अष्ट्रेलियन क्रिस्टोफेर ओकोनेल लाई ६–२, ६–७ (६–८), ६–३, ६–२ को नतिजामा हराउँदै चौथो चरणमा मेद्भेदेवसँगको भेट पक्का गरेका हुन् ।

यसअघि वरियताको चौथो स्थानका स्टेफेनोस सिट्सीपासले बिनोइट पेइरलाई ६–३, ७–५, ६–७ (२–७), ६–४ को नतिजामा पराजित गर्दै चौथो चरणमा पुगेका थिए ।

चौथो चरणमा उनले वरियताको २०औं स्थानका टेयलर फ्रिट्ससँग भिड्नेछने । फ्रिट्सले चौथो चरण प्रवेशका लागि १५औं वरियताका रोवेर्टो बोउटिस्टा अग्टलाई ६–०, ३–६, ३–६, ६–४, ६–३ को नतिजामा हराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर