प्रियंका र निकले सरोगेसी विधिबाट जन्माए बच्चा, गोपनियताको ख्याल गरिदिन आग्रह – Nepal Press

प्रियंका र निकले सरोगेसी विधिबाट जन्माए बच्चा, गोपनियताको ख्याल गरिदिन आग्रह

काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र पति निक जोनसले सरोगेसी विधिमार्फत बच्चा जन्माएको जनाएका छन् । प्रियंकाले इन्स्टाग्राममार्फत सो जानकारी दिएकी हुन् ।

प्रियंकाले इन्स्टाग्राममा लेखेकी छिन्, सरोगेसीमार्फत बच्चालाई हाम्रो जीवनमा स्वागत गर्न पाउँदा हामी खुसी छौं । यो विशेष समयमा सम्मानपूर्वक हाम्रो प्राइभेसीको ख्याल राख्न हामी आग्रह गर्छौं ।’

पछिल्लो तीन महिनामा प्रियंका सरोगेसी मार्फत आमा बन्ने दोस्रो बलिउड अभिनेत्री हुन् ।

यसअघि १७ नोभेम्बर २०२१ मा प्रीति जिन्ताले सेरोगेसीमार्फत जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । प्रियंका चोपडा र निक जोनस बलिउडमा सबैभन्दा चर्चित जोडी मध्ये एक हुन् । दुवैले हिन्दू र क्रिस्चियन परम्परा अनुसार डिसेम्बर २, २०१८ मा उदयपुरको उम्मेद भवनमा विवाह गरेका थिए ।

हालै प्रियंका चोपडाले ‘द जोनास ब्रदर्स फ्यामिली रोस्ट’ शोमा निकसँग बच्चाको योजनाको बारेमा कुरा गरेकी थिइन्। निकका भाइहरूको उदाहरण दिँदै उनले भनिन्, हामी मात्र एक दम्पती हौं जसले अहिलेसम्म बच्चा जन्मेका छैनन्। त्यसैले आज म सबैलाई बताउन चाहन्छु कि निक र म बच्चा जन्माउने योजनामा ​​छौं।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर