मिस वर्ल्डको फिनालीमा ४० सुन्दरीले मात्र भाग लिने : मिस नेपाल नम्रतालाई पनि बोलाइयो – Nepal Press

मिस वर्ल्डको फिनालीमा ४० सुन्दरीले मात्र भाग लिने : मिस नेपाल नम्रतालाई पनि बोलाइयो

काठमाडौं । कोरोनाभाइरस महामारीले रोकिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागिता जनाउन पाउने भएका छन् ।

मिस वर्ल्डले आज बिहान सार्वजनिक गरेको सूचीअनुसार यसअघि नै सेमिफाइनलमा पुगेका र निर्णायकले छनौट गरेका २५ सहित चालिसजना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइने भएको छ ।

उक्त सूचीमा हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठ पनि छिन् । नम्रतालाई हेड टु हेड च्यालेन्जबाट मात्र छानिएको जनाइएको छ ।

कूल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइन लागिएको हो । फिनालीमा निम्तो नगरिएका प्रतिस्पर्धीलाई भने भर्चुअलरुपमा सहभागी गराइने भएको छ ।

फिनालीमा भाग लिन निम्तो दिइएका भने मार्च १२ मा अमेरिकाको पुएर्तो रिकोमा पुग्नुपर्नेछ । मार्च १६ मा ७० औं मिस वर्ल्डको ग्रान्ड फिनाली हुनेछ । मार्च १७ मा ब्यूटी विथ पर्पसको विशेष इभेन्ट हुनेछ भने मार्च १८ मा सहभागी स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *