गठबन्धनको बैठक– स्थानीय तह निर्वाचनबारे कानूनविदसँग छलफल गर्ने – Nepal Press

गठबन्धनको बैठक– स्थानीय तह निर्वाचनबारे कानूनविदसँग छलफल गर्ने

काठमाडौं । सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको बैठकले स्थानीय चुनाव कहिले गर्ने भन्नेबारे कानूनविदहरुसँग परामर्श गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको बैठकले तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन एकपैटक गर्दा बाझिन सक्ने भएकाले परामर्श गर्ने निर्णय लिएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

बैठकपछि पत्रकारसँग कुरा गदै सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले संविधानले तोकेको व्यवस्था बमोजिम चुनाव सम्पन्न गर्न सरकार तयार रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर