सिटामोलमा गोलमाल : सरकार भन्छ- चाहिएजति छ, विक्रेता भन्छन्- एक चक्की पनि छैन (भिडिओ) – Nepal Press

सिटामोलमा गोलमाल : सरकार भन्छ- चाहिएजति छ, विक्रेता भन्छन्- एक चक्की पनि छैन (भिडिओ)

काठमाडौं । कोभिड संक्रमणको दर ह्वात्तै बढेको बेला ज्वरोका विरामी बढेसँगै सिटामोल (पारासिटामोल) को अभाव भइरहेको छ ।

सिटामोल किन्न जानेहरु रित्तो हात फर्किरहेका छन् तर सरकार भने जति चाहिए पनि स्टक रहेको बताइरहेको छ ।

नेपाल प्रेस टिम शुक्रवार केही मेडिकल पसलहरुमा जाँदा कतै पनि सिटामोल पाइएन । कतिपयले १०/१२ दिनदेखि पारासिटामोल सकिएको बताए भने कतिपयले एक दुई दिनयता सकिएको बताए ।

स्टक सकिएर औषधी विक्रेताहरु होलसेलरसँग किन्न जाँदा पारासिटामोल अहिले नरहेको भन्दै फर्काइरहेका छन् । दिनमा एक डेढसय मान्छे सिटामोल किन्न आए पनि आफूहरुले दिन नसकेको विक्रेता सम्झना भट्टराईले बताइन् ।

कच्चा पदार्थको अभावका कारण पारासिटामोल उत्पादन नै हुन छाडेको बताउने गरेका छन् । औषधी उत्पादकहरुले मूल्य बृद्धिका लागि कृतिम अभाव गराएको आशंका छ । अर्कोतिर भण्डारण गरेर राख्ने तथा कालोबजारी पनि यहिसमयमा देखिएको छ ।

यसैबीच औषधी व्यवस्था विभागले भने सिटोमोलको अभाव रहेको भन्ने कुरा नै भ्रामक रहेको दावी गरेको छ ।

विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै औषधी उत्पादक र थोक तथा खुद्रा फार्मेसीहरुमा अनुगमन गर्दा उत्पादन कार्य सुचारु रहेको र विक्री वितरण पनि निरन्तररहेको जनाएको छ ।

विभागका महानिर्देशकले जारी गरेको विज्ञप्तिमा कतै अभावको सिर्जना रहेको देखिएमा सम्पर्क गर्न मोबाइल नम्बर समेत दिएको छ । तर औषधी पसलहरुमा भने सिटामोल पाइदैन ।

 


प्रतिक्रिया

One thought on “सिटामोलमा गोलमाल : सरकार भन्छ- चाहिएजति छ, विक्रेता भन्छन्- एक चक्की पनि छैन (भिडिओ)

  1. ओैषधी व्यवसायीलाई अभाव गर्न लगाएर व्ल्याकमा बेच्न दिने अनि लुटेकाे मध्ये हिस्सा खाने काममा लागेका छन् अहिलेका सुत्केरी मन्त्री । अभाव नै सुत्केरीले गराएकाे हाे । कमाउनु छ जे गरेर भए पनि अनि माधवलाई बुझाउनु पनि छ । के गरून् समस्या छ उनीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *