कट्रिना बलिउडकी नम्बर वान नायिका घोषित, दीपिका दोस्रो स्थानमा – Nepal Press

कट्रिना बलिउडकी नम्बर वान नायिका घोषित, दीपिका दोस्रो स्थानमा

मुम्बई । कट्रिना क्याफ बलिउडकी पहिलो नम्बरकी नायिका घोषित भएकी छिन् । भारतको प्रतिष्ठित मिडिया इन्डिया टुडेले आज सार्वजनिक गरेको ‘मुड अफ दी नेसन’ सर्वेक्षणमा कट्रिना पहिलो बनेकी हुन् ।

पहिलो स्थानमा रहेकी कट्रिनाले सर्वेक्षणमा ७.२ प्रतिशत अंक प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा रहेकी दीपिका पादुकोणले ६.८ प्रतिशत, प्रियंका चोपडाले ६.३ प्रतिशत, कंगना रनावत र करिना कपुरले क्रमशः ४.९ प्रतिशत र ३.६ प्रतिशत मत प्राप्त गरेका छन् ।

कट्रिनाको लागि सन् २०२१ को दोस्रो हाफ व्यवसायिक र व्यक्तिगतरुपमा पनि फलदायी रह्यो । कट्रिना अभिनित फिल्म सूर्यवंशीले कोरोना महामारीयताकै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान राखेको थियो ।

कोरोनाले थलिएको अर्थतन्त्र चलायमान बनाउन सूर्यवंशीले भूमिका खेलेको थियो । व्यक्तिगतरुपमा उक्त वर्षको अन्त्यतिर अभिनेता विक्की कौशलसँग बिहे गरेर कट्रिना हेडलाइन बनिन् ।

यसबाहेक कट्रिना सलमान खानसँग टाइगर ३ र विजय सेतुपाथीसँग मेरी क्रिसमसमा देखिनेछिन् । आलिया भाट र प्रियंका चोपडासँगको जि ले जरासँगै फोन भूतमा पनि उनी देखिनेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर