प्रधानमन्त्रीको सम्बोधन सवा घण्टा ढिला हुनुको यस्तो रहेछ कारण – Nepal Press

प्रधानमन्त्रीको सम्बोधन सवा घण्टा ढिला हुनुको यस्तो रहेछ कारण

काठमाडौं । शुक्रबार अपराह्न ३ बजे हुने भनिएको देशबासीका नाममा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन एक घण्टा १५ मिनेट पछिमात्र सुरु भयो ।

दुई चार मिनेट तलमाथि हुनु स्वभाविक हो । तर प्रधानमन्त्रीको पूर्वनिर्धारित सम्बोधन किन करिब सवा घण्टा ढिला भयो ? यसको खास कारण भने प्रधानन्त्रीले रिहर्सलका क्रममा धेरैपटक टेक लिएकाले रहेछ ।

नेपाल टेलिभिजन स्रोतका अनुसार प्रधानमन्त्रीको लाइभ सम्बोधनको व्यवस्थापनका लागि टेलिभिजनको टिम दुई बज्नुभन्दा अघि नै बालुवाटार पुगिसकेको थियो । रेडियो नेपालको टोली पनि सोही समयमा बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री देउवाले लिखित सम्बोधन लाइभमा जानुअघि अभ्यास गर्न खोजे । पौने ३ बजे प्रधानमन्त्रीले प्रोम्पटरमा पढ्न लागेका थिए । कागज हेरेर पढ्ने बानी भएका प्रधानमन्त्रीलाई प्रोम्पटरमा अभ्यस्त नहुँदा धेरैपटक टेक लिनुपरेको थियो ।

प्रधानमन्त्रीले पढ्दापढ्दै बिग्रिएपछि ‘पर्ख पर्ख फेरि पढ्छु’ भन्दाभन्दै करिब सवा घण्टा रिहर्सलमै समय लागेको नेपाल टेलिभिजन स्रोतले जनाएको छ । प्रधानमन्त्री आफ्नो सम्बोधनमा विश्वस्त भएपछि मात्र लाइभ सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर