शिक्षामन्त्री र अनसनविद् डा. केसीबीच छलफल – Nepal Press

शिक्षामन्त्री र अनसनविद् डा. केसीबीच छलफल

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक अनसनविद् डा. गोविन्द केसीसँग छलफल गरेका छन् ।

मन्त्री पौडेलका अनुसार डा. केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका डा. केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए ।

त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका डा. केसी नेपालमा सबैभन्दा धेरैपटक अनसन बस्ने व्यक्तिमा पर्छन् ।

सुरुमा चिकित्सा शिक्षा सुधारको नाममा अनसन बसेका केसीले पछिल्ला समय राजनीतिक विषयमा समेत अनसन बस्ने गरेका थिए ।

यसकारण अनसनविद्

यसबीचमा डा.केसी लामो र छोटो अवधि गरी १९ पटक अनसन बसेका छन् । उनको पछिल्लो अनसन २०७७ भदौमा जुम्लामा थियो ।

चिकित्सा शिक्षा सुधारको मुद्दा उठाएका केसीले पछिल्ला अनसन भने द्वन्द्वकालीन मुद्दाका दोषीमाथि कारवाही, प्रधानन्यायाधीश बर्खास्ती जस्ता राजनीतिक विषयमा पनि केन्द्रित थिए ।

विभिन्न देशमा पनि पटक पटक सत्याग्रह (अनसन) बसेर आफ्ना एजेण्डा स्थापित गर्ने व्यक्तिलाई विज्ञ वा विद्का रुपमा स्थापित गर्ने प्रचलन छ । नेपालमा डा.केसी शिक्षा,स्वास्थ्य र कतिपय राजनीतिक बेथितिका विषयमा सत्याग्रह (अनसन) गर्ने प्रख्यात अभियन्ता (विज्ञ) हुन् ।


प्रतिक्रिया

One thought on “शिक्षामन्त्री र अनसनविद् डा. केसीबीच छलफल

  1. मन्त्रीकाे अगाडि उपरखुट्टी लागेर बस्नु डा केसी जस्ता व्यक्तिकाे लागि शाेभनीय भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर