गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण – Nepal Press

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

काठमाडौं । गायिका आनीछोइङ डोल्मालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफू संक्रमित भएको र अहिले होम आइसोलेसनमा रहेको जानकारी उनले सामाजिक संजालमार्फत दिएकी छिन् ।

आफूलाई मध्यम खाले लक्षण देखिएको र स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छिन् । तातोपानीको बाफ लिँदै गरेको तस्बिर सेयर गर्दै उनले सबैलाई सतर्कता अपनाउन समेत भनेकी छिन् ।

पछिल्लो समय सेलेव्रिटी समेत भाइरसबाट संक्रमित भैरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर