कोभिड प्रोटोकल पूरा नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/10/pm-sher-b-deuba.jpg)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।
मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए÷नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका छन् ।