दयाहाङको फिल्म ‘फोर नाइट्स’ बर्लिन फेस्टिभलमा प्रिमियर हुँदै, पोस्टर समेत लन्च – Nepal Press

दयाहाङको फिल्म ‘फोर नाइट्स’ बर्लिन फेस्टिभलमा प्रिमियर हुँदै, पोस्टर समेत लन्च

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रियिमर हुने भएको छ । सपना पुरा गर्ने आशामा नेपालदेखि न्यूयोर्क पुगेका एक दम्पत्तिको कथा फिल्मले भन्छ ।

दयाहाङ राई र आशा मगराँतीको मुख्य भूमिका रहेको फिल्म बर्लिनाली सर्ट फिल्म प्रतिस्पर्धामा छानिएको हो । निर्देशक रौनियारले इन्स्टाग्राममार्फत प्रिमियबारे जानकारी दिएका छन् ।

‘सेतो सूर्य’ फिल्मपछि दयाहाङ, दीपक र आशाले यो फिल्ममा सहकार्य गरेका हुन् । फिल्मको आकर्षक पोस्टर समेत लन्च भएको छ । आशा र दीपकले फिल्मलाई मिलेर लेखेका हुन् ।

बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुने भएपछि निर्देशक रौनियारले खुशि व्यक्त गरेका छन् । निर्देशक रौनियार र अभिनेत्री मगराँती पनि लामो समयदेखि न्यूयोर्कमा बसेर फिल्म निर्माणको कार्य गर्दै आइरहेका छन् ।

यसैबीच, नीरञ्जन भेटवाल र सुनिल पाण्डेका दुई फिल्म पनि रोट्रड्याम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *