केशरमहलबाट तरबार र बाघको टाउको चोरी, चार कर्मचारी पक्राउ – Nepal Press

केशरमहलबाट तरबार र बाघको टाउको चोरी, चार कर्मचारी पक्राउ

काठमाडौं । लैनचौरस्थित राणाकालीन भवन केशरमहलबाट दुईवटा तरबार र बाघको टाउको चोरी भएको खुलेको छ । चोरीमा संलग्नको आरोपमा प्रहरीले त्यहाँ कार्यरत चारजना कर्मचारी पक्राउ गरेको छ ।

गत पुस १८ मा नै ती सामान चोरी भएकोमा माघ २ मा मात्र खुलेको थियो । महानगरीय अपराध अनुसन्धानको टोलीले दरबारमार्गबाट चोरीमा संलग्न चारजनालाई आज पक्राउ गरेको छ । सामानको खोजी हुन थालेपछि उनीहरूले बाथरुम छेउमा लगेर राखेको बताइएको छ ।

केशरमहल काठमाडौंमा अवस्थित एक प्राचीन कलात्मक भवन हो । केशर शमसेर राणाले निर्माण गरेको यो भवन २०२१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर