बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस – Nepal Press

बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस

नेपालगञ्ज । काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

आज बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा नेपालगञ्ज अवतरण गरेको थियो । जहाजमा रहेकी एक महिला यात्रु बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने जहाज ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षानिकट स्रोतले जनाएको छ ।

-न्यूज कारखाना


प्रतिक्रिया

One thought on “बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस

  1. माउनडेन ड्यू ख्वाउनु नि हाउ ! तेस्तो भयो भने😃

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर