भारतविरुद्धको पहिलो एकदिवशीय खेलमा दुई दक्षिण अफ्रिकी ब्याट्सम्यानको सतक – Nepal Press

भारतविरुद्धको पहिलो एकदिवशीय खेलमा दुई दक्षिण अफ्रिकी ब्याट्सम्यानको सतक

जोहानेसबर्ग । भारतविरुद्धको ३ खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकाले २ सय ९७ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन जोड्यो ।

दक्षिण अफ्रिकाका कप्तान टम्बा बाभुमाले एक सय १० रन बनाए । रस्सी भान डर डुस्सेनले अविजित एक सय २९ रन बनाए ।

६८ रनमा तीन विकेट गुमाएको अवस्थामा बाभुमा र डुस्सेनले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेका हुन् । बाभुमा र डुस्सेन दुवैले दोस्रो एकदिवशीय अन्तर्राष्ट्रिय सतक बनाएका हुन् ।

दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले तीन खेलको टेस्ट शृंखला २९१ ले गुमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर