प्रधानमन्त्री कप फाइनल : एपीएफविरुद्ध दिपेन्द्रको अर्धसतक – Nepal Press

प्रधानमन्त्री कप फाइनल : एपीएफविरुद्ध दिपेन्द्रको अर्धसतक

काठमाडौं । दिपेन्द्र सिंह ऐरिले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा एपीएफ क्लबविरुद्ध अर्धसतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङ गरेको पुलिसका लागि दिपेन्द्रले उनले ३९ बलमा २ चौका र एक छक्कासहित ५० रन बनाएका हुन् । एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याई रहेको पुलिसले १५.२ ओभरमा ४ विकेट गुमाएर १ सय ३ जोडेको छ ।
पुष १६ गतेदेखि सुरु भएको प्रतियोगितामा समुह‘ए’ र ‘बी’मा तीन बिभागिय र सात प्रदेश गरेर १० टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगिताको र्वोकृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र वलरले समान २० हजार पाउनेछन् । र, सेमिफाइनलबाट बाहिरिने टोलीले ५०–५० हजार प्राप्त गर्नेछन् ।
👍
1

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *