भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनीले भिसा नदिने – Nepal Press

भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनीले भिसा नदिने

अन्य चार खोप लगाउनेले भिसा अप्लाइ गर्न सक्ने

काठमाडौं । नेपालस्थित जर्मनी दूतावासले माघ ७ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाएकालाई मात्र भिसा अप्वाइन्टेमन्ट दिन सक्ने जनाएको छ ।

दूतावासले आज विज्ञप्ति जारी गर्दै खोपको वर्गीकरण समेत गरेको छ । जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

तर, चिनियाँ खोपहरु सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाएकालाई भिसा आवेदन प्रक्रियामा सामेल गर्न नसकिने दूतावासले जनाएको छ । जर्मनीको पछिल्लो खोप नीतिले यी तीन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह व्यवहार गरिने’ उल्लेख गरेको छ ।

जर्मनी दूतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको समेत जनाएको छ । यसअघि चीनले पनि आफ्नो मुलुक प्रवेशमा चिनियाँ खोपहरु अनिवार्य लगाउनुपर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर