पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा कार्यालय खोल्ने – Nepal Press

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा कार्यालय खोल्ने

न्यूयोर्क । पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह अमेरिका आइपुगेकी छन् । स्थानीय समयअनुसार विहीबार उनले अमेरिकाको वासिङ्टन डीसीमा हिमानी ट्रष्टको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

अमेरिकामा रहेका हिमानी शाहका समर्थक र शुभेच्छुकहरूले सामाजिक कामका लागि हिमानी ट्रष्टको शाखा कार्यालय खोल्न लागेको बताइएको छ ।पूर्व युवराज्ञी हिमानीलाई रमा सिंह,कमला प्रसाई लगायतले स्वागत गरेका थिए ।

हिमानी शाहले नेपालमा हिमानी ट्रष्टको माध्यमबाट सामाजिक काम गरिरहेकी छन् ।

ट्रष्टको संरक्षकमा पूर्वराजा ज्ञानेन्द्र शाह छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *