घरमै विद्युतीय गाडी चार्ज गर्न सकिने, डेरावालसँग बढी पैसा लिने घरधनीको लाइन काटिने – Nepal Press

घरमै विद्युतीय गाडी चार्ज गर्न सकिने, डेरावालसँग बढी पैसा लिने घरधनीको लाइन काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउँने व्यवस्था गरेको छ ।

विद्युत वितरण विनियमावली, २०७८ कार्यान्वयनमा ल्याउँदै घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने व्यवस्था मिलाइएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत सेवा छिटो, सर्वसुलभ एवं सहजरूपमा उपलब्ध गराउन र विद्युत खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत वितरण विनियमावली कार्यान्वयनमा ल्याइएको बताए ।

त्यस्तै घरधनीले डेरावालसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेको पाइए लाइन काटिनेछ । नेपाल विद्युत प्राधिकरणले  निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत सेवा लिन सकिने व्यवस्थासमेत गरेको छ ।

घरधनीले डेरावालसँग महँगो रकम असुल गरेको गुनासो आएपछि तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर