१० हजार २५८ जनामा संक्रमण पुष्टि, संक्रमण दर ४५ प्रतिशत – Nepal Press

१० हजार २५८ जनामा संक्रमण पुष्टि, संक्रमण दर ४५ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८२८ नमुना (१७ हजार ८७२ पीसीआर र ४९५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आजको दैनिक संक्रमण दर झन्डै ४५ प्रतिशत पुगेको छ ।

सोही अवधीमा ५६२ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । २ लाख १३ हजार जनाले आज कोभिडविरुद्धको खोप लगाएका छन् ।

सक्रिय संक्रमित संख्या ३९ हजार ४४ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा मात्र ५५४९ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाको सक्रिय संक्रमित संख्या २४ हजार ५७६ छ । १२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । ६ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दामाथि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर