अमेरिकाले अप्रिलपछि मात्र डीभी विजेतालाई भिसा दिने, प्रणाली अपडेट भैरहेको प्रष्टीकरण – Nepal Press

अमेरिकाले अप्रिलपछि मात्र डीभी विजेतालाई भिसा दिने, प्रणाली अपडेट भैरहेको प्रष्टीकरण

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले सन् २०२० र २०२१ का डीभी विजेतालाई आगामी अप्रिलपछि मात्र भिसा दिन सकिने जनाएको छ ।

मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्स भिसा अफिसका तर्फबाट उक्त विभागका प्रमुख आन्द्रस एन्ड्रिया ह्वटींगका अनुसार ती वर्षका संरक्षित भिसाहरु जारी गर्न प्रणालीमा अपडेट भैरहेको छ ।

डीभी २०२० र २०२१ का संरक्षित भिसाहरु अप्रिलभन्दा अगाडि जारी गर्न नसकिने र अप्रिलपछि मात्र जारी गर्न सकिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

सफ्टवेयरमा आवश्यक परिवर्तन गर्नुपर्ने र अन्य तयारीहरु पनि जरुरी भएकाले अप्रिलभन्दा अगाडि भिसा जारी गर्न नसकिने जनाइएको छ । अदालतमा पेश गरिएका कागजातमा संरक्षित भिसाहरु जारी गर्न चार महिना लाग्ने जनाइएको छ ।

जारी हुने भिसा र आर्थिक वर्ष २०२२ का नियमित डाइभर्सिटी भिसाको अन्तर सजिलै पत्ता लगाउन विदेश मन्त्रालयले भिसा कोड विकासमा काम गरिरहेको छ ।

सन् २०२० र २०२१ का नेपाली डीभी विजेताले चाँडै भिसा जारी गर्न काठमाडौंस्थित अमेरिकी दूतावासलाई दबाब दिन थालेका छन् । सामाजिक संजालमार्फत उनीहरुले अधिकार नखोस्न समेत भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर