पुरानो शैलीमा चलेको भन्दै केन्द्रीय परिषद् सदस्य यादवले छाडे नेकपा एस – Nepal Press

पुरानो शैलीमा चलेको भन्दै केन्द्रीय परिषद् सदस्य यादवले छाडे नेकपा एस

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेको घोषणा गरेका छन् ।

महोत्तरीको औरही नगरपालिका घर भएका यादवले फेसबुकमार्फत नेकपा एस परित्यागको घोषणा गरेका हुन् । पार्टी नयाँ बन्यो तर नयाँपन केही नदेखिएपछि छाडेको उनले बताए । यादवले नेपाल प्रेससँग भने, ‘पार्टी ज्वाइन गर्दा बखान गर्ने र छाड्दा गाली गर्ने प्रवृत्ति ठीक होइन् । पुरानै एजेण्डा र शैलीमा पार्टी चलेपछि त्यागेको मात्र भन्छु ।’

नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछि बनेको नेकपाकालमा उनी महोत्तरी सचिव थिए । यादव नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसमेत रहिसकेका छन् । उनले पुन: एमालेमै फर्किन सकिने बताए ।


प्रतिक्रिया

One thought on “पुरानो शैलीमा चलेको भन्दै केन्द्रीय परिषद् सदस्य यादवले छाडे नेकपा एस

  1. बिस्तारै सबैले वास्तविकता थाहा पाउनेछन् र माधवलाई छाेडनेछन् । बधाइ छ कमरेड सराेज यादवलाई । अब अरूले पनि तपाईकाे अनुसरण गर्नेछन् । तपाईले वास्तविकता उजागर गरिदिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर