अदालती विवादयता प्रधानन्यायाधीशले पहिलोपटक राखे फुलकोर्ट, न्यायाधीशहरू आ-आफ्नै चेम्बरबाट सहभागी – Nepal Press

अदालती विवादयता प्रधानन्यायाधीशले पहिलोपटक राखे फुलकोर्ट, न्यायाधीशहरू आ-आफ्नै चेम्बरबाट सहभागी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो गतिरोधयता पहिलोपटक फुलकोर्ट राखेका छन् ।

यसअघि प्रधानन्यायाधीशविरुद्ध आन्दोलित सबै न्यायाधीश फुलकोर्टमा सहभागी भए ।

कोरोनाको महामारीबीच न्याय प्रशासनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा राणाले फुलकोर्ट राखेका हुन् । संक्रमणको जोखिमका कारण सबैजना एकै ठाउँमा भने नबसेको स्रोतले बतायो ।

‘प्रत्यक्ष कुराकानी भएन, सबै श्रीमानहरुले आ–आफ्नै चेम्बरमा बसेर निर्णयमा हस्ताक्षर गर्नुभयो,’ स्रोतले भन्यो ।

विषयबारे पहिल्यै जानकार रहेकाले र विवादको कुरा केही नभएकाले खासै छलफल आवश्यक नपरेको पनि स्रोतको भनाइ छ ।

सर्वोच्चले कोभिडको महामारीका कारण आफ्नो सेवालाई संकुचन ल्याउने निर्णय गरेको छ । जिल्ला र उच्च अदालतले आआफ्नो परिस्थिति हेरेर थप कदम चाल्न सक्ने फुलकोर्टको निर्णय छ ।

प्रधानन्यायधीसको राजीनामा माग्दै यसअघि सर्वोच्चका न्यायाधीसहरुले बेञ्च बहिष्कार गरेका थिए । तर, प्रधानन्यायधीस राणा आफ्नो अडानबाट पछि नहटेपछि न्यायधीशहरु अन्ततः नियमित काममा फर्कन वाध्य भए । यद्यपि, अहिलेसम्म पनि उनीहरुले प्रधानन्यायधीशसँग बेञ्च सेयर गरिसकेका छैनन् ।

आन्दोलनका बीच न्यायाधीशहरु आफैंले फुलकोर्ट डाकेका थिए । प्रधानन्यायाधीशको अनुपस्थितिमै बैठक डाकेर पछि राणालाई हस्ताक्षर गराइएको थियो ।

आजको बैठक भने राणा आफैंले डाकेका हुन् । यो बीचमा प्रधानन्यायधीश बिरामी भएर अदालत अनुपस्थित भएका थिए । त्यसयता उनले अहिलेसम्म अदालतमा इजलासमा बसेका छैनन् । अन्य प्रशासननिक काममा प्रधानन्यायाधीशकै नेतृत्वमा भइरहेको छ । गोला थुत्न भने प्रधानन्यायधीश आएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *